भविष्यका आईफोन मोडेलहरूले सुधारिएको इमेजिङको लागि मल्टीस्पेक्ट्रल सेन्सर प्राप्त गर्ने सम्भावना

  • Technology Khabar | २६ पुष २०८२, शनिबार
भविष्यका आईफोन मोडेलहरूले सुधारिएको इमेजिङको लागि मल्टीस्पेक्ट्रल सेन्सर प्राप्त गर्ने सम्भावना
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले अत्याधुनिक क्यामरा हार्डवेयर अपनाउने सन्दर्भमा आफ्नो प्रतिस्पर्धीहरूमा विशेष गरी चिनियाँ स्मार्टफोन ब्रान्डहरू भन्दा पछाडि परेको छ। कम्पनीले भविष्यका आईफोन मोडेलहरूको लागि मल्टीस्पेक्ट्रल इमेजिङ प्रविधिको बारेमा विचार गरिरहेको हुनाले यो अवस्था चाँडै परिवर्तन हुन सक्ने बताइएको छ।

प्रसिद्ध टिपस्टर डिजिटल च्याट स्टेशनले एप्पलले मल्टीस्पेक्ट्रल सेन्सरहरूमा रुचि देखाएको र आपूर्तिकर्ताहरूसँग सम्पर्क गरेको रिपोर्ट गरेको छ। यद्यपि, टिपस्टरले परीक्षण भने अझै सुरु नभएको थप उल्लेख गरेको छ।

मल्टीस्पेक्ट्रल इमेजिङले मानव आँखाले नदेखिने सहित धेरै फरक वेभलेन्थ ब्यान्डहरूमा प्रकाश कैद गरेर काम गर्दछ। मल्टीस्पेक्ट्रल इमेजिङले रातो, हरियो र नीलो वेभलेन्थ मात्र पत्ता लगाउने परम्परागत आरजीबी सेन्सरहरूको तुलनामा थप विस्तृत जानकारी कैद (क्याप्चर) गर्न सक्षम बनाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

मल्टीस्पेक्ट्रल सेन्सरहरू प्रयोग गर्नाले भविष्यका आईफोनहरूलाई राम्रो म्याटेरियल सेपरेसन (सामग्री पृथकीकरण) र सुधारिएको डेफ्थ पर्सेप्सन (धारणा) प्राप्त गर्न मद्दत गर्नुका साथै पछिल्लोले थप सटीक पोट्र्रेट फोटोहरूको परिणामहरु प्रदान गर्नेछ। थप डाटाले समग्र इमेज प्रोसेसिङ, लोलाइट पर्फर्मेन्स र भिजुअल इन्टेलिजेन्स क्षमताहरू पनि सुधार गर्न सक्छ।

डिजिटल च्याट स्टेशनले कुन आईफोन मोडेलहरूले मल्टीस्पेक्ट्रल सेन्सरहरू प्राप्त गर्ने छन् भनेर उल्लेख नगरे पनि आईफोन १८ प्रोमा भेरियबल–एपर्चर ४८ मेगापिक्सेलको मुख्य क्यामरा र ठूलो ४८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो सेन्सर हुने अपेक्षा गरिएको टिपस्टरले बताएको छ। साथै टिपस्टरले एप्पलले भविष्यको आईफोनको लागि २०० मेगापिक्सेलको सामसङ सेन्सरको परीक्षण गरिरहेको खुलासा गरेको छ।

प्रकाशित: २६ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...