टीएसएमसीले जारी गर्यो चौथो त्रैमासिक आम्दानी: विवरण अनुमान गरेभन्दा माथि

  • Technology Khabar | २६ पुष २०८२, शनिबार
टीएसएमसीले जारी गर्यो चौथो त्रैमासिक आम्दानी: विवरण अनुमान गरेभन्दा माथि

काठमाडौं ।

विश्वकै सबैभन्दा ठूलो कन्क्ट्र्याक्ट चिप निर्माता टीएसएमसीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको चौथो त्रैमासिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.४५ प्रतिशतले बढेको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगप्रति बढ्दो चासोका कारण कम्पनीका उत्पादनको माग बढेपछि आम्दानी अनुमानभन्दा माथि पुगेको हो।

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा टीएसएमसीको आम्दानी १,०४६.०८ अर्ब ताइवान डलर (करिब ३३.०४ अर्ब अमेरिकी डलर) पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको आम्दानी ८६८.४६ अर्ब ताइवान डलर थियो।

यो नतिजा २० जना विश्लेषकको एलएसईजी स्मार्टएस्टिमेट अनुसारको १,०३५.९१३ अर्ब ताइवान डलरको अनुमानभन्दा माथि हो। साथै, गत अक्टोबरमा अन्तिम आम्दानी विवरण सार्वजनिक गर्दा टीएसएमसी ले दिएको ३२.२ अर्बदेखि ३३.४ अर्ब अमेरिकी डलरको मार्गदर्शनसँग पनि मेल खान्छ। टीएसएमसी ले मार्गदर्शन अमेरिकी डलरमै दिने गर्छ।

रोयटर्समा अनुसार टीएसएमसीले जनवरी १५ मा चौथो त्रैमासिकको पूर्ण आम्दानी विवरण सार्वजनिक गर्नेछ, जसमा चालु त्रैमासिक र पूरै वर्षको अद्यावधिक दृष्टिकोण पनि समावेश हुनेछ।

एनभिडिया र एप्पल जस्ता कम्पनीहरू टीएसएमसीका प्रमुख ग्राहक हुन्। एआई प्रविधिमा भएको प्रगतिबाट टीएसएमसीले ठूलो फाइदा उठाएको छ, जसले ट्याब्लेटजस्ता उपभोक्ता इलेक्ट्रोनिक्समा महामारीपछिको चिप माग घट्दो क्रममा रहे पनि त्यसको असरलाई सन्तुलनमा राखेको छ।

टीएसएमसीका ताइपेइमा सूचीकृत सेयरहरू गत वर्ष ४४.२ प्रतिशतले बढेका थिए, जुन समग्र बजारको २५.७ प्रतिशत वृद्धिभन्दा धेरै हो।

यसैबीच, ताइवानकै फक्सकनले पनि सोमबार चौथो त्रैमासिकमा उच्च बिक्री भएको जनाएको छ। विश्वकै सबैभन्दा ठूलो कन्क्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता तथा एनभिडियाको सबैभन्दा ठूलो सर्भर निर्माता फक्सकनको उक्त अवधिको बिक्री २.६०२८ ट्रिलियन ताइवान डलर (करिब ८२.२० अर्ब अमेरिकी डलर) पुगेको छ।

प्रकाशित: २६ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार