रेजरले क्यामरा सहितको “एआई–सञ्चालित” हेडफोन प्रस्तुत गर्यो

  • Technology Khabar | २४ पुष २०८२, बिहीबार
रेजरले क्यामरा सहितको “एआई–सञ्चालित” हेडफोन प्रस्तुत गर्यो

काठमाडौं ।

रेजरले सीईएसमा प्रोजेक्ट मोटोको “एआई–सञ्चालित” र बिल्ट–इन क्यामराहरू भएको हेडफोन अनावरण गरेको छ।

हेडफोनले “गेमिङ, जीवनशैली र उत्पादकतालाई एउटै इन्टेलिजेन्ट प्लेटफर्ममा मिसाउने” कम्पनीको आधिकारिक प्रेस विज्ञप्तिले दावी गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

वस्तुहरु हेर्नको लागि भनेर मानव आँखाको स्तरमा रहेको मोटोकोको डुअल फर्स्ट–पर्सन भ्यू क्यामराहरूले रियल–टाइम अबजेक्ट र टेक्स्ट रिकगनिसन (पहिचान) सक्षम पार्नुका साथै सडक चिन्हहरू अनुवाद गर्ने, जिम प्रतिनिधिहरू ट्र्याक गर्ने, कागजातहरू संक्षेप गर्ने जस्ता सबै कार्यहरु गर्ने रिपोर्ट गरिएको छ।

हेडफोनमा रहेको डुअल फार एण्ड नियर माइक्रोफोनहरूले भ्वाइस कमाण्डहरू क्याप्चर गर्नुका साथै दृश्य भित्र संवाद क्याप्चर गर्ने काम सँगै गर्दछ।

हेडफोनले “फुल–टाइम एआई एसिस्टेण्टको रूपमा तालिका, प्राथमिकताहरू र बानीहरूमा अनुकूलन गर्ने कार्य गर्दै तुरुन्तै व्याख्या गर्ने र प्रतिक्रिया दिने” रिपोर्ट गरिएको छ।

मोटोकोले ग्रोक च्याटजीपीटी र जेमिनीमा “सहज रूपमा जडान गर्ने थप उल्लेख गरिएको छ।

“एआई–सञ्चालित वेयरेबल्सको भविष्यको झलक प्रदान गर्ने” वास्तविक उत्पादन नभइ यो हेडफोन एउटा अवधारणा मात्र भएको बताइएको छ।

प्रकाशित: २४ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार