२०० मेगापिक्सेल क्यामरा भएको पहिलो आईफोन आउँदै

  • Technology Khabar | २४ पुष २०८२, बिहीबार
२०० मेगापिक्सेल क्यामरा भएको पहिलो आईफोन आउँदै

काठमाडौं ।

गत मे महिनामा एप्पलले आगामी आईफोनको लागि २०० मेगापिक्सेल क्यामरा परीक्षण गर्ने हल्ला चलेको थियो। तर दुर्भाग्यवश त्यतिबेला अन्य कुनै विवरण साझा गरिएको थिएन।

एन्ड्रोइड संसारमा २०० मेगापिक्सेल क्यामराहरू धेरै प्रचलित हुँदै गरेको अवस्थामा एप्पलले पनि यो प्रविधिको प्रयोग गर्दै आफ्नो आवश्यकताहरू पूरा हुन्छ कि हुँदैन भनेर हेर्न चाहको कुरा अर्थपूर्ण देखिएको छ।

मोर्गन स्टेनलीको एक लगानीकर्ताको नोटले एप्पलले २०२८ मा आउने आईफोन २१ मा २०० मेगापिक्सेल क्यामरा प्रयोग गर्ने दावी गरेको छ। पहिलो आईफोनको लन्चको २० औं वार्षिकोत्सव मनाउन २०२७ मा एप्पलले आईफोन २० भनेर नामकरण गर्ने अपेक्षा गरिएको हुनाले २०२८ को पुस्ता आईफोन २१ हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन २१ प्रो म्याक्स (र सायद प्रो पनि) २०० मेगापिक्सेल क्यामराले डेब्यू गर्ने मोडेल हुने अपेक्षा गरिरहेका छ। उक्र क्यामरा सामसुङले आपूर्ति गर्नेछ भने एप्पलले कुन सेन्सर प्रयोग गर्नेछ भन्ने कुरा स्पष्ट छैन। साथै उक्त सेन्सर वास्तवमा सामसङले अमेरिकामा बनाएको हुन सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

प्रकाशित: २४ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...