
काठमाडौं ।
२०२३ मा, इन्फिनिक्सले दुर्गम क्षेत्रहरूका लागि दुई–तर्फी टेक्स्ट म्यासेजिङको समर्थनको साथ एक्सप्लोरर स्याटेलाइट कम्युनिकेसन टेक्नोलोजीको अनावरण गरेको थियो। अब कम्पनीले अझ उन्नत इन्फिनिक्स स्याटेलाइट कम्युनिकेसन प्रणाली प्रस्तुत गरेको छ।
दुई–तर्फी टेक्स्ट म्यासेजिङको अतिरिक्त नयाँ प्रणालीले हाई–डिफिनेसन भ्वाइस कलहरूलाई पनि समर्थन गर्दछ। थप सुविधाको लागि, प्रणालीले स्पिकर मोड र ब्लुटुथ हेडसेट कलिङ प्रदान गर्दछ। साथै विण्ड सप्रेसनले हावायुक्त वातावरणमा आवाज स्पष्ट रूपमा उठाउन मद्दत गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
आगामी इन्फिनिक्स नोट ६० सिरिज स्याटेलाइट कम्युनिकेसन प्रणाली फिचर गर्ने पहिलो डिभाइस हुने भएको छ। अहिले, यो सुविधा सम्पूर्ण सिरिज उपलब्ध हुनेछ वा पिनिनफेरिना–डिजाइन गरिएको इन्फिनिक्स नोट ६० अल्ट्रा जस्ता मोडेलहरू मात्र उपलब्ध हुनेछ भन्ने बारेमा भने स्पष्टता छैन।
इन्फिनिक्स स्याटेलाइट कम्युनिकेसनले पृथ्वीको सतहको लगभग दुई–तिहाइ भाग समेट्ने अनुमान गरिएको छ। यो सुविधाको ४केबीपीएस प्रसारण गति धेरै जस्तो नलागे पनि एचडी भ्वाइस कलहरूको लागि पर्याप्त हुनेछ। साथै, यो सुविधाले सेल र स्याटेलाइट कनेक्टिभिटी बीच निर्बाध रूपमा स्विच गर्न सक्षम हुनेछ।
इन्फिनिक्सले कुनै अतिरिक्त दर्ता बिना नै स्याटेलाइट कनेक्टिभिटी प्रयोग गर्न सकिने बताएको छ भने थप विवरणहरू पछि आउने उल्लेख गरिएको छ।
प्रकाशित: २४ पुष २०८२, बिहीबार