
काठमाडौं ।
सीईएस २०२६ मा ब्रान्डहरूले आफ्नो नवीनतम प्रविधि अनावरण गरिरहेका छन्। सामसङले १३० इन्चको विशाल माइक्रो आरजीबी टीभी सहित धेरै उत्पादनहरूको घोषणा गरेको छ। कम्पनीले कार्यक्रममा नयाँ क्रिज बिनाको फोल्डेबल डिस्प्ले पनि प्रदर्शन गरेको बताइएको छ।
टिपस्टर आइस युनिभर्सले कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा सामसङ डिस्प्लेद्वारा प्रदर्शन गरिएको नयाँ फोल्डेबल डिस्प्लेको तस्बिरहरू साझा गरेको छ। डिस्प्ले एप्पलको आईफोन फोल्डमा प्रयोग हुने अपेक्षा गरिएको छ।
हालको फोल्डेबल स्क्रिनहरूको सामान्य कमजोरीको रुपमा रहेको देख्न सकिने क्रिजको विपरित नयाँ प्यानलमा भने क्रिज नदेखिने बताइएको टिपस्टरले बताएको छ। सामसङले यो नयाँ डिस्प्लेको साथ क्रिजलाई उल्लेखनीय रूपमा कम गरेको देखिन्छ। स्क्रिनमा अन्डर–डिस्प्ले क्यामरा पनि हुनेछ र समग्र गुणस्तरमा सुधार हुनेछ।
योा नयाँ डिस्प्ले सामसङको ग्यालेक्सी जेड फोल्ड८ वा अफवाह गरिएको वाइड फोल्डमा पनि देखा पर्न सक्ने टिपस्टरको विश्वास रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ पुष २०८२, बुधबार