एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं: चेम्बर

  • Technology Khabar | २२ पुष २०८२, मंगलवार
एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं: चेम्बर

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूनी सहजता मार्फत डिजिटल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताए। सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्वपूर्ण हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार बन्दै गएको बताए। डिजिटल रुपान्तरण मार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रीयामा पारदर्शिता ल्याउन एआईको भूमिका महत्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाई छ।

अध्यक्ष अग्रवालले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सिमित श्रोतबाट अधिकतम उपलव्धी हासिल गर्नुुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्सले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुुलको भूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यन्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए।

कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकास मार्फत दिगो आर्थिक विकास गर्नुुपर्ने बताए। उनले सार्वजनिक निजी साझेदारी मार्फत आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरुको वैदेशिक पलायन रोक्न सकिने बताए।

कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नेपालमा एआई नीतिको प्रभावकारिता, कानूनी जटिलता, डाटा सुरक्षा, साईबर जोखिम जस्ता विषयमा धारणा राखेका थिए।

सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युनियन अफ इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी नेपालबीच सूचना प्रविधि र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा सम्झौता समेत भएको छ।

सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युुनियन अफ इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुशल रेग्मीले हस्ताक्षर गरे।

प्रकाशित: २२ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार