
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस २६ सिरिजको मूल्य बढाउने विचार गरिरहेको छ।
मेमोरीको बढ्दो मूल्यले सामसङ इलेक्ट्रोनिक्सलाई २५ फेब्रुअरीमा सान फ्रान्सिस्कोमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा डेब्यु गर्न लागिएको ग्यालेक्सी एस २६ सिरिजको मूल्य बढाउने विचार गर्न बाध्य पारिरहेको कोरिया टाइम्सले उद्योग अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
कम्पनीले मूल्य निर्धारणको बारेमा अहिलेसम्म केही निर्णय नभएको बताएको छ।
२०२५ को सुरुवातदेखि डीर्याम र नान्ड (NAND) को मूल्य लगभग दोब्बर भएको उल्लेख गर्दै, नाम नखुलाइएको स्रोतहरूले कम्पनी मूल्य वृद्धितर्फ झुकाव रहेको बताएका छन्, जसले गर्दा स्मार्टफोनको लागि मात्र नभई अन्य डिभाइसहरुको समेत मूल्य वृद्धि अपरिहार्य भएको छ।
नयाँ फ्ल्यागशिपहरूको मूल्य दक्षिण कोरियामा ३० देखि ६० अमेरिकी डलर बढी हुन सक्छ।
यदि मूल्य बढेको अवस्थामा, यो सन् २०२३ पछि सामसङको ग्यालेक्सी एस लाइनअपको लागि पहिलो स्थानीय मूल्य वृद्धि हुनेछ।
प्रकाशित: २२ पुष २०८२, मंगलवार