पोको एक्स८ ले पायो अर्को सर्टिफिकेशन, छिट्टै सार्वजनिक हुने संकेत

  • Technology Khabar | २१ पुष २०८२, सोमबार
पोको एक्स८ ले पायो अर्को सर्टिफिकेशन, छिट्टै सार्वजनिक हुने संकेत
सांकेतसक तस्बिर: गिज्मोचाइना

काठमाडौं ।

पोको एक्स८ प्रोले अर्को एक प्रमाणपत्र पनि प्राप्त गरेको छ जसले यो छिट्टै सार्वजनिकरण हुने संकेत दिएको छ। आउँदै गरेको यो स्मार्टफोनले युरोपको ईईसी, भारतको बीआईएस र एसजीएसबाट पहिले नै स्वीकृति पाइसकेको छ। अब यसले इन्डोनेसियाको एसडीपीपीआई प्रमाणपत्र पनि पार गरेको छ।

सधैंझैं यस सूचीमा कुनै पनि प्राविधिक विवरण उल्लेख गरिएको छैन। तर यो फोन चीनमा यसै महिना सार्वजनिक हुने अपेक्षा गरिएको रेड्मी टर्बो ५ को रिब्रान्ड संस्करण हुन सक्ने विश्वास गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

सूचीअनुसार २५११एफपीसी३४जी मोडेल नम्बर भएको आउँदै गरेको एक पोको स्मार्टफोनले इन्डोनेसियाको एसडीपीपीआई निकायबाट स्वीकृति पाएको छ। एसडीपीपीआई सूची वा यसअघि देखिएका अन्य प्रमाणपत्रहरूमा पनि फोनको अन्तिम व्यावसायिक नाम खुलाइएको छैन।

तर यो चीनको रेड्मी टर्बो ५ को रिब्रान्ड संस्करण हुन सक्ने व्यापक अनुमान गरिएको छ। रेड्मी टर्बो ५ मा २५११एफआरटी३४सी मोडेल नम्बर हुने बताइएको छ।

यसअघि पोको एक्स७ प्रो चिनियाँ बजारका लागि रेड्मी टर्बो ४ को रिब्याज्ड संस्करण भएकाले, पोको एक्स८ प्रो पनि उस्तै रणनीति अपनाउँदै रेड्मी टर्बो ५ को नयाँ नामसहित सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।

प्रकाशित: २१ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...