
काठमाडौं ।
असुसको सबैभन्दा नयाँ स्मार्टफोन जेनफोन १२ अल्ट्रा हो, जुन गत वर्ष फेब्रुअरीमा सार्वजनिक भएको थियो। त्यसलाई आधार मान्दा जेनफोन १३ अल्ट्रा वा आरओजी फोन १० सिरिज चाँडै आउने अपेक्षा गरिएको हुन सक्छ। तर एउटा नयाँ रिपोर्ट अनुसार त्यो सम्भव नहुने देखिएको छ।
रिपोर्टका अनुसार असुसले यस वर्ष कुनै पनि नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने भएको छ। यो जानकारी सिधै कम्पनीबाट आएको दावी गरिएको छ। यद्यपि, कम्पनीले हाल बजारमा रहेका सबै उपकरणका लागि मर्मत, सफ्टवेयर अपडेट र वारेन्टी सेवा भने निरन्तर रूपमा उपलब्ध रहने स्पष्ट पारेको छ।
जीएसएमएरिनाका अनुसार नयाँ स्मार्टफोन नल्याउने निर्णय किन गरिएको हो भन्ने कुरा स्पष्ट गरिएको छैन। तर पछिल्लो समय आसुसका स्मार्टफोनको बिक्री राम्रो नभएको अनुमान गर्न गाह्रो छैन। त्यसैले कम्पनीले आफ्नो ध्यान र लगानी कम्प्युटर क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको हुन सक्छ, जहाँ असुसको बजार हिस्सा स्मार्टफोनभन्दा धेरै ठूलो छ।
प्रकाशित: २१ पुष २०८२, सोमबार