
काठमाडौं ।
चाइना मोबाइलले रुसमा बीलाइनसँग मिलेर एमभीएनओ सेवा सुरु गरेको छ। रुसी अपरेटर बीलाइनले चाइना मोबाइल इन्टरनेशनल (सीएमआई) सँगको सहकार्यमा रूसमा सीएमलिंक (CMLink) सेवा सुरु गरेको हो।
सीएमआईको एमभीएनओले रोमिङ गर्दा चीन र रूस बीच निर्बाध कनेक्सन चाहने ग्राहकहरूलाई लक्षित गर्दछ। रूसमा, यो सेवा बीलाइन नेटवर्कमा ट्यारिफ लाइन बीचाइना अन्तर्गत उपलब्ध छ।
यसअन्तरगत< ग्राहकहरूले “एक कार्ड, बहु नम्बरहरू” सेवा प्रयोग गर्न सक्छन्, जसले गर्दा उनीहरूलाई चिनियाँ र रूसी नम्बरलाई एउटै सिममा लिङ्क गर्न अनुमति मिल्छ।
यो सेवा बीलाईनको राष्ट्रव्यापी नेटवर्कमा चल्छ, जसले रूसभरि व्यापक फोरजी कभरेज प्रदान गर्दछ।
यो सेवाले विशेष गरी रूसमा रहेका चिनियाँ समुदायलाई लक्षित गर्दछ, जसमा विद्यार्थी, पर्यटक र व्यावसायिक पेशेवरहरू समावेश छन्।
प्रकाशित: २० पुष २०८२, आईतवार