ओपनएआईले अडियो एआईमा ठूलो लगानी गर्दै

  • Technology Khabar | १९ पुष २०८२, शनिबार
ओपनएआईले अडियो एआईमा ठूलो लगानी गर्दै

काठमाडौं ।

ओपनएआईले अडियो एआईमा ठूलो लगानी गरिरहेको खबर बाहिरिएको छ। तर यो केवल च्याटजीपीटीको आवाज राम्रो बनाउनका लागि मात्र भने होइन।

द इन्फर्मेशनको नयाँ रिपोर्ट अनुसार कम्पनीले अघिल्लो दुई महिनामा धेरै इन्जिनियरिङ, उत्पादन, र अनुसन्धान टोलीहरू एकीकृत गरी आफ्नो अडियो मोडेलहरू सुधार गर्न काम गरिरहेको छ ताकि करिब एक वर्षमा सुरू हुने अडियो-प्रथम व्यक्तिगत उपकरणको तयारी पूरा गर्न सकियोस्।

यो कदमले सम्पूर्ण प्रविधि उद्योगको भविष्यलाई प्रतिबिम्बित गर्छ जहाँ स्क्रिनहरू पृष्ठभूमि आवाज जस्ता बन्नेछन् र अडियोले मुख्य भूमिका खेल्नेछ। स्मार्ट स्पिकरहरूले पहिले नै अमेरिकी घरहरूको एक तिहाइभन्दा बढीमा भ्वाइस असिस्टेन्टलाई सामान्य बनाइसकेका छन्। मेटाले भर्खरै आफ्नो रेब्यान स्मार्ट ग्लासका लागि पाँच माइक्रोफोन एरे प्रयोग गर्ने फीचर ल्याएको छ जसले हल्लैहल्वाका बीच कुरा सुन्न सहयोग गर्छ।

गुगलले जूनमा “अडियो ओभरभ्युज” मा प्रयोग सुरु गरेको छ, जसले खोज नतिजालाई संवादात्मक सारांशमा परिवर्तन गर्छ र टेस्लाले आफ्ना सवारीसाधनमा एक्सएआईको च्याटबक्स ग्रोक समावेश गर्दैछ जसले नेभिगेशनदेखि क्लाइमेट कन्ट्रोलसम्म प्राकृतिक संवादमार्फत ह्यान्डल गर्ने भ्वाइस असिस्टेन्ट बनाउँछ।

ठूला प्रविधि कम्पनीहरू मात्रै नभई विभिन्न स्टार्टअपहरूले पनि यही विश्वासका साथ उपकरण निर्माण गर्दैछन्। तर सफलता भने गच्छे अनुसारको फरक-फरक छ। ह्यूमेन एआई पिन निर्माता कम्पनीले आफ्नो स्क्रिनविहीन वेयरेबलमा सयौं मिलियन खर्च गर्यो र यो अन्त्यमा एउटा चेतावनीपूर्ण कथा बन्यो।

तपाईंको जीवनका सबै कुराहंरु रेकर्ड गरेर साथीको अनुभव दिने दावी गर्ने फ्रेन्डएआई पेन्डेन्टले गोपनीयता र अस्तित्वसँग सम्बन्धित चिन्ता उत्पन्न गरेको छ। अब कम्तीमा दुई कम्पनी, स्याण्डबार र पेबलका संस्थापक एरिक मिजिकोभ्स्कीको कम्पनीले २०२६ मा सुरू हुने एआई रिङ्स निर्माण गर्दैछन् जसले प्रयोगकर्ताले सिधै हातसँग कुरा गर्न सक्ने सुविधा दिनेछ।

टेकक्रञ्चका अनुसार फर्म फ्याक्टर फरक हुन सक्छ तर सिद्धान्त एउटै छ: अडियो भविष्यको इन्टरफेस हो। तपाईंको घर, सवारीसाधन, र अनुहार पनि नियन्त्रण सतह बन्ने क्रममा छन्।

ओपनएआईको नयाँ अडियो मोडेल २०२६ को सुरुवातमा आउने योजना अनुसार बढी प्राकृतिक सुनिने, वास्तविक संवाद साझेदार जस्तो अवरोधहरू ह्यान्डल गर्ने र तपाईं बोल्दा पनि बोल्न सक्ने क्षमता राख्नेछ जुन आजका मोडेलहरू गर्न सक्दैनन्।

कम्पनीले सम्भवतः चस्मा वा स्क्रिनविहीन स्मार्ट स्पिकरहरू सहित उपकरणहरूको परिवारको कल्पना गरेको छ जसले केवल उपकरणको जस्तो नभई साथीको रूपमा व्यवहार गर्नेछ।

यो धेरै आश्चर्यजनक होइन। द इन्फर्मेशनका अनुसार ओपनएआईको हार्डवेयर प्रयासमा आफ्नो कम्पनी आईओको साढे ६ अर्बमा खरिदपछि सामेल भएका एप्पलका पूर्व डिजाइन प्रमुख जोनी आईभले उपकरण प्रयोगको लत घटाउन प्राथमिकता दिएका छन् र अडियो-फर्स्ट डिजाइनलाई “अघिल्ला उपभोक्ता ग्याजेटका गल्तीहरू सुधार्ने अवसर” को रूपमा देखेका छन्।

प्रकाशित: १९ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार