सामसङ एक्जिनोस २६०० मा डिभाइस–मै एआई क्षमतामा ठूलो सुधार हुने

  • Technology Khabar | १८ पुष २०८२, शुक्रबार
सामसङ एक्जिनोस २६०० मा डिभाइस–मै एआई क्षमतामा ठूलो सुधार हुने
फोटो सौजन्यः जीएसएमएरिना फाइल तस्बिर

काठमाडौं ।

सामसङले गत साता विश्वकै पहिलो २ न्यानोमिटर चिपसेटका रूपमा एक्जिनोस २६०० सार्वजनिक गरेको छ। टेलिग्राफका अनुसार यो चिपसेट सन् २०२६ को पहिलो त्रैमासिकमा आउने ग्यालेक्सी एस२६ सिरिजमा प्रयोग हुने अपेक्षा गरिएको छ।

एक्जिनोस २६०० मा पूर्ण रूपमा नयाँ न्युरल प्रोसेसिङ युनिट (एनपीयू) समावेश गरिएको छ, जसले अघिल्लो पुस्ताको एक्जिनोस २५०० को तुलनामा ११३ प्रतिशत बढी कार्यक्षमता प्रदान गर्ने दावी गरिएको छ। यससँगै डिभाइस–मै हुने कृत्रिम बुद्धिमत्ता (एआई) कार्यका लागि चिपसेटमा उल्लेखनीय सुधार हुने पुष्टि भएको छ।

टेलिग्राफका अनुसार दक्षिण कोरियाली कृत्रिम बुद्धिमत्ता कम्पनी नोटा एआईले आफ्नो एआई मोडेल अप्टिमाइजेसन प्रविधि एक्जिनोस २६०० मा प्रयोग गरिने जनाएको छ। यस प्रविधिको प्रयोगबाट ठूला एआई मोडेलहरू इन्टरनेट जडानको आवश्यकता बिना सिधै डिभाइसमा सञ्चालन गर्न सकिने बताइएको छ।

नोटा एआईको ‘नेट्सप्रेसो’ एआई अप्टिमाइजेसन प्लेटफर्मले एआई मोडेलको आकार उल्लेखनीय रूपमा घटाउने भए पनि परिणामको शुद्धता कायम राख्ने कम्पनीको दाबी छ। डिभाइसअनुसार एआई मोडेललाई अनुकूलन गर्ने विशेषज्ञता राख्ने यस प्रविधिले सीमित हार्डवेयरमै ठूला एआई मोडेल चलाउन सामसङका इन्जिनियरहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

सामसङ र नोटा एआई यसअघि पनि एक्जिनोस २५०० र २४०० चिपसेटमा एआई अप्टिमाइजेसनका लागि सहकार्य गरिसकेका छन्। दुवै कम्पनीले सामसङको ‘एक्जिनोस एआई स्टुडियो’ टुलचेन संयुक्त रूपमा विकास गरेका थिए।

प्रकाशित: १८ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार