

काठमाडौं ।
शाओमी १७ अल्ट्रा चीनमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। साथै कम्पनीले वाच ५ सहित नयाँ उत्पादनहरू पनि घोषणा गरेको छ। शाओमीको नयाँ स्मार्टवाचले सर्कुलर (गोलाकार) एएमओएलईडी डिस्प्ले, डुअल–चिप आर्किटेक्चर प्रदान गर्दछ र ६ दिनसम्मको ब्याट्री लाइफ प्रदान गर्ने दाबी गरिएको छ।
शाओमीको वाच ५ मा रहेको स्टेनलेस स्टील केसले १.५४ इन्चको सर्कुलर (गोलाकार) एएमओएलईडी डिस्प्ले हाउसिङ गर्दछ भने उक्त डिस्प्लेमा रिफ्रेस रेट ६०हर्ज, ४८०×४८०–पिक्सेल रिजोल्युसन र १,५००–निट ब्राइटनेस उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
स्मार्टवाचको अगाडि (डिस्प्ले) र पछाडि सिंथेटिक सफायर क्रिस्टल ग्लास प्राप्त गरेको छ। स्ट्र्याप बिना स्मार्टवाचको तौल ५६ ग्राम र १२.३ एमएम मोटाइ रहेको छ। वाच ५ ले ५एटीएम पानी प्रतिरोध प्रदान गर्दछ र शाओमी हाइपरओएस ३ चलाउँछ।
डुअल–चिप आर्किटेक्चर सहितको स्मार्टवाचमा क्वालकम स्न्यापड्रागन डब्ल्यू५ एसओसी हेन्ग्क्सुआन २८०० लोअर–पावर चिपसेट समावेश गरिएको छ।
फिटनेस र हेल्थ ट्र्याकिङको सन्दर्भमा, स्मार्टवाचले निरन्तर हार्ट रेट (मुटुको दर) ट्र्याकिङ, ईसीजी, एसपीओ२, तनाव निगरानी, निद्रा ट्र्याकिङ प्रदान गर्दछ र १५० भन्दा बढी खेल मोडहरूलाई समर्थन गर्दछ। साथै रनिङ (दौडन) को लागि फुल–कलर अफलाइन म्याप्स (नक्सा) र अन्य सुविधाहरू पनि प्राप्त गरिने बताइएको छ।
वाच ५ मा ९३०एमएएच ब्याट्री छ र सामान्य प्रयोगमा ६ दिनसम्म ब्याट्री जीवन प्रदान गर्ने दावी गरिएको छ। पावर–बचत मोडमा प्रयोग गर्दा ब्याट्री १८ दिनसम्म टिक्ने भनिएको छ।
स्मार्टवाचमा रहेको ईसीजी सेन्सरलाई नेभिगेसनको लागि पनि प्रयोग गर्न सकिनेछ। सेन्सरले हातको मांसपेशी संकेतहरू पत्ता लगाउन सक्नेछ र कलहरू फर्काउने, अलार्म बन्द गर्ने, टाढाबाट फोटो खिच्ने, संगीत प्लेब्याक नियन्त्रण गर्ने र थप कार्यहरू गर्न सक्ने उल्लेख गरिएको छ।
कनेक्टिभिटीको सन्दर्भमा, शाओमी वाच ५ ले ब्लुटुथ ५.४, वाई–फाई, एनएफसी, जीपीएस र ईसिम समर्थन पनि प्रदान गर्दछ।
वाच ५ चाँदी वा कालो केस रङहरूको साथ धेरै स्ट्र्याप विकल्पहरूमा उपलब्ध हुनेछन्। साथै स्मार्टवाच रबर स्ट्र्याप, छालाको ब्यान्ड वा टीसी४ टाइटेनियम अलोयबाट बनेको थ्रीडी–प्रिन्टेड टाइटेनियम स्ट्र्याप बीच छनौट गर्न सकिनेछ।
मूल्य निर्धारणको कुरा गर्दा, रबर स्ट्र्याप भएको स्मार्टवाचको मूल्य १,९९९ चिनियाँ युआन (२८५ अमेरिकी डलर) कायम गरिएको छ। छालाको स्ट्र्यापहरू भने वाच ५ को ईसिम भेरियन्टमा मात्र उपलब्ध हुने र २,२९९ चिनियाँ युआन (३३० अमेरिकी डलर) मूल्य कायम गरिएको छ। साथै थ्रीडी–प्रिन्टेड टाइटेनियम स्ट्र्याप चाँदी र कालो रङ्गहरूमा ७९९ चिनियाँ युआन (११० अमेरिकी डलर) को मूल्यमा बिक्री गरिने छ।
प्रकाशित: १६ पुष २०८२, बुधबार