
काठमाडौं ।
ओप्पोको अर्को फोल्डेबल फ्ल्यागशिप फोन फाइन्ड एन६ फेब्रुअरी २०२६ मा लन्च हुने हल्ला छ। लन्चको बारेमा कुनै आधिकारिक घोषणा नभए पनि नयाँ लीकले फोल्डेबलको बारेमा नयाँ विवरणहरूको खुलासा गरेको छ।
प्रसिद्ध लीकस्टर डिजिटल च्याट स्टेशनका अनुसार फाइन्ड एन६ मा दुई ओटा ५० मेगापिक्सेलको सेन्सर र २०० मेगापिक्सेलको सेन्सरको साथ ट्रिपल रियर क्यामरा सेटअप हुने जीएसएमएरिनाले रिपोर्ट गरिएको छ।
ओप्पोले पेरिस्कोप टेलिफोटो क्यामराको लागि २०० मेगापिक्सेल सेन्सर प्रयोग गर्न सक्ने टिपस्टरले विश्वास व्यक्त गरेको छ। पहिले भने फोनले ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो प्रदान गर्ने भनिएको थियो।
ओप्पो फाइन्ड एन६ मा बाहिरी र भित्री स्क्रिनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा र २ मेगापिक्सेलको मल्टीस्पेक्ट्रल सेन्सर पनि प्रदान गरिने भनिएको छ। २२५ ग्राम तौल भएको डिभाइसमा ६,००० एमएएच ब्याट्री रहनेछ भने १६जीबी र्याम र १टीबी स्टोरेज रहने भनिएको छ।
ओप्पो फाइन्ड एन६ स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी द्वारा संचालित हुने अपेक्षा गरिएको छ। यो डिभाइस गाढा कालो, सुनौलो सुन्तला र मूल टाइटेनियम रङ्गहरूमा उपलब्ध हुन सक्ने बताइएको छ। फाइन्ड एन६ मा २के रिजोल्युसन भएको ८.१२–इन्च भित्री फोल्डेबल एलटीपीओ स्क्रिन र ६.६२–इन्च कभर डिस्प्ले हुने बताइएको छ।
प्रकाशित: १६ पुष २०८२, बुधबार