
काठमाडौं ।
वानप्लसले नयाँ टर्बो रेञ्जका डिभाइसहरूका पहिलो दुई सदस्यहरूको रूपमा जनवरी ८ मा टर्बो ६ र टर्बो ६भी लाई आधिकारिक रुपमा अनावरण गर्ने भएको छ।
कम्पनीले पहिले नै डिभाइसको मुख्य डिजाइन र स्पेसिफिकेसनहरू बारे खुलासा गरेको छ र अब थप दुई ओटा टिजर भिडियोहरू पनि सार्वजनिक गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
पहिलो टिजर टर्बो ६ लाइनको बारेमा भएको र भिडियोहरूमा दुबै फोनहरू देख्न सकिने उल्लेख गरिएको छ।
अर्को भिडियोमा टर्बो ६ को द्रुत अनबक्सिङ समावेश रहेको छ। उक्त अनबक्सिङ भिडियोमा प्रतिष्ठित रातो वानप्लस बक्स र डिभाइसको सामग्रीहरू देखिनुका साथै चीनको लागि केस र ८०वाट चार्जर समावेश रहेको बताइएको छ।
टर्बो ६ र टर्बो ६भी दुवैले अघिल्ला अफवाहहरूमा जस्तै ९,०००एमएएच ब्याट्री साझा गर्नेछन्।
वानप्लसले टर्बो ६ स्न्यापड्रागन ८एस जेन ४ एसओसीद्वारा संचालित हुने खुलासा गरेको छ।
टर्बो ६ मा १६५ हर्जको रिफ्रेस रेट भएको स्क्रिन हुनेछ भने डिभाइस सिल्भर, कालो र हरियो रङ्गको साथमा १२/२५६जीबी, १२/५१२जीबी र १६/५१२जीबी गरी तीनओटा र्याम/मेमोरी संयोजनमा उपलब्ध हुनेछ।
टर्बो ६भी नीलो, कालो र सेतो रङ्गमा ८/२५६जीबी, १२/२५६जीबी, र १२/५१२जीबी गरी र्याम/मेमोरी संयोजनहरूमा आउनेछ।
टर्बो ६भी स्न्यापड्रागन ७ एस जेन ४ द्वारा संचालित हुने डिभाइसको स्क्रिनमा १४४हर्ज रिफ्रेस रेट रहेको अफवाहहरूले दाबी गरेको छ।
प्रकाशित: १६ पुष २०८२, बुधबार