
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्षको पाँचौँ महिना मंसिर मसान्तसम्म १ अर्ब हाराहारीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ९५ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ३ लाख ८२ हजार ८२ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
कार्तिक महिनासम्ममा नेपालमा ५९ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको थियो। कार्तिकबाट मंसिर मसान्तसम्म आउने क्रममा ३६ करोड १ लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार ५७५ थान बढी आयात भएको पाइएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ९० करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ लाख ६३ हजार ८७४ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ५ लाख ६१ हजार बराबरको ३९२ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट २ लाख ७७ हजार बराबरको २ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ५ करोड १६ लाख ५० हजार बराबरको १७ हजार ३६० थान राउटर आएको छ।
यस्तो छ विवरण
| क्र.सं. | देश | विवरण | रकम हजारमा |
| १ | चीन | ३६३८७४ | ९००६६१ |
| २ | जर्मनी | १ | ८४१ |
| ३ | भारत | ५६१ | ३९२ |
| ४ | लाट्भिया | २१६ | ३५२३ |
| ५ | मलेसिया | ५१ | ४९८ |
| ६ | कतार | ५ | २ |
| ७ | साउदी अरेबिया | १ | ० |
| ८ | सिङ्गापुर | १ | १ |
| ९ | यूएई | ९ | ३ |
| १० | बेलायत | १ | २ |
| ११ | अमेरिका | २ | २७७ |
| १२ | भियतनाम | १७३६० | ५१६५० |
प्रकाशित: १६ पुष २०८२, बुधबार