कोरियाली ई–कमर्स कम्पनी कुपाङले डाटा चुहावटका लागि १ अर्ब १८ करोड डलर जरिवाना तिर्ने

  • Technology Khabar | १४ पुष २०८२, सोमबार
कोरियाली ई–कमर्स कम्पनी कुपाङले डाटा चुहावटका लागि १ अर्ब १८ करोड डलर जरिवाना तिर्ने
तस्बिर: रोयटर्स

काठमाडौं ।

दक्षिण कोरियाली ई–कमर्स कम्पनी कुपाङले ठूलो मात्रामा भएको डाटा चुहावटपछि प्रभावित ३ करोड ३७ लाख खातावालाकहरूलाई १.६९ ट्रिलियन वन (करिब १.१८ अर्ब अमेरिकी डलर) बराबरको क्षतिपूर्ति प्याकेज दिने घोषणा गरेको छ।

कम्पनीका अनुसार प्रत्येक प्रयोगकर्तालाई कुपाङका विभिन्न सेवामा प्रयोग गर्न मिल्ने ५० हजार वनका भाउचर प्रदान गरिनेछ। प्रयोगकर्ता र सांसदहरूको तीव्र आलोचनापछि सोमबार यो निर्णय सार्वजनिक गरिएको हो।

रोयटर्सका अनुसार यो योजना कुपाङका संस्थापक किम बोमले डाटा चुहावटप्रति पहिलोपटक सार्वजनिक रूपमा माफी माग्दै क्षतिपूर्ति प्रक्रिया छिटो अघि बढाइने प्रतिबद्धता जनाएको एक दिनपछि आएको हो।

तर किमले यस घटनासम्बन्धी छलफलका लागि मंगलबार र बुधबार तय गरिएको संसदीय सुनुवाइमा भने सहभागी नहुने बताएका छन्। उनले यसका कारण पहिले नै तय भएका अन्य प्रतिबद्धताहरू रहेको उल्लेख गरेका छन्।

प्रकाशित: १४ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार