चोरीसिकारी नियन्त्रण गर्न सिसी क्यामरा

  • Technology Khabar | १३ पुष २०८२, आईतवार
चोरीसिकारी नियन्त्रण गर्न सिसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत साम्दो र सामागाउँ क्षेत्रमा चोरीसिकारी नियन्त्रण तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन सिसी क्यामरा जडान गरिने भएको छ। मनासलु संरक्षण क्षेत्रभित्र पर्ने यी दुर्गम बस्तीमा कुल १८ वटा सिसी क्यामरा जडान हुने भएको हो।

उत्तरी गोरखामा वन्यजन्तुको अवैध सिकार, तस्करी तथा चोरीसिकारीका गतिविधि बढ्दै गएपछि निगरानी प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले सिसी क्यामरा जडान गर्न लागिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले बताए।

सामागाउँदेखि साम्दोसम्म ड्रोनबाट क्यामरा ट्र्यापिङ गर्दै डाँडाकाँडा तथा आवागमनमा हुने संवेदनशील मार्गक्षेत्रमा क्यामरा ट्र्यापिङ गर्दा शङ्कास्पद गतिविधिको निगरानी गर्न सहयोग पुग्ने र उद्धार तथा राहतमा सहयोग पुग्ने विश्वाससाथ क्यामरा जडान गर्न लागिएको मनासलु संरक्षण क्षेत्र गोरखाले जनाएको छ।

क्यामरा जडान गर्नका लागि मनासलु संरक्षण क्षेत्र (एमक्याप) हेल्प नेपाल, चुमनुब्री गाउँपालिका, भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र गोरखा र एनिमल नेपालबिच व्यवस्थापकीय साझेदारीमा क्यामरा जडान गर्ने काम गर्न लागिएको जानकारी दिइएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १३ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...