
काठमाडौं ।
सामसङले लगभग केही हप्ता अघि ग्यालेक्सी वाच४ को लागि वान युआई ८ वाच अपडेट दक्षिण कोरियामा मात्र जारी गरेको थियो। सामसङले अब वान युआई ८ वाच अपडेट रोलआउटलाई भारत र अमेरिका गरी थप दुई देशहरूमा विस्तार गरेको छ।
वान युआई ८ वाच अपडेट हाल ग्यालेक्सी वाच४ को नन–सेलुलर संस्करणको लागि मात्र रोलआउट भइरहेको छ। यो फर्मवेयर संस्करण आर८६०एक्सएक्सयू१जेवाईके४ र अक्टोबर २०२५ सुरक्षा प्याचको साथ आउँछ।
भारत वा अमेरिकामा आफ्नो ग्यालेक्सी वाच४ मा वान युआई ८ वाच प्राप्त गर्न ग्यालेक्सी वेयरेबल एपको सेटिङस भित्र सफ्टवेयर अपडेट मेनुमा नेभिगेट गरेर म्यानुअल रूपमा अपडेटको लागि जाँच गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ पुष २०८२, आईतवार