मंसिर मसान्तसम्म साढे ९ करोड रुपैयाँ बराबरको साढे ३७ हजार थान स्मार्ट वाच आयात

  • Technology Khabar | १२ पुष २०८२, शनिबार
मंसिर मसान्तसम्म साढे ९ करोड रुपैयाँ बराबरको साढे ३७ हजार थान स्मार्ट वाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पाँचौं महिना मंसिर मसान्तसम्म साढे ९ करोड हाराहारीको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ७ करोड ७० लाख १ हजार बराबरको ३७ हजार ६१७ थान स्मार्ट वाच आयात भएको छ।

चालु आर्थिक वर्षको पाँचौँ महिना मंसिर मसान्तसम्म स्मार्ट वाचका लागि ९ करोड ७० लाख रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले २ करोड ९२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका १८ मुलुकबाट गरी ३७ हजार ६१७ थान स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ३३ हजार ३४५ सय थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ७ करोड ४० लाख ८५ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ६८ लाख २८ हजार बराबरको ३ हजार ७१५ थान र भियतनामबाट १ करोड ५२ लाख ९७ बराबरको ३६१ थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया४०
क्यानडा
चीन३३३४५७४०८५
भारत३७१५६८२८
इजरायल
कुवेत२९१९
लेबनन
मलेसिया
ओमन
१०फिलिपिन्स५१
११कतार१३
१२साउदी अरेबिया१६
१३ताइवान१६५
१४थाइल्याण्ड८६
१५यूएई८०१३३
१६बेलायत१४१३१
१७अमेरिका१२१४४
१८भियतनाम३६११५२९७

 

प्रकाशित: १२ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार