एप्पलले ब्राजिलमा आईफोन प्रयोगकर्ताहरूलाई एप स्टोर बाहिरका एप र सेवाहरू प्राप्त गर्न दिने

  • Technology Khabar | १२ पुष २०८२, शनिबार
एप्पलले ब्राजिलमा आईफोन प्रयोगकर्ताहरूलाई एप स्टोर बाहिरका एप र सेवाहरू प्राप्त गर्न दिने

काठमाडौं ।

ब्राजिलमा एप्पलले आईफोन मालिकहरूलाई आफ्नो एप स्टोर बाहिरका एप र डिजिटल सेवाहरू डाउनलोड गर्न र खरिद गर्न अनुमति दिन सहमत भएको छ। एप्पलको आफ्नो एप स्टोर बाहिरका एप र सेवाहरू प्रायोग गर्न पाउने ईयू पहिलो बनेको थियो र यो रणनीतिले वास्तवमा काम गर्छ भनेर देखेपछि विश्वभरका धेरै व्यक्तिगत देशहरूले पनि त्यसलाई पछ्याएका छन्।

यो विषयमा एप्पलको अनुसन्धान गरिरहेको ब्राजिलको आर्थिक रक्षा प्रशासनिक परिषद्सँग कम्पनीले सम्झौता गरेको छ। काउन्सिलले अब एप्पलको प्रस्तावित उपयाहरूलाई अनुमोदन गरेको छ र एप्पलसँग ब्राजिलमा आईओएसमा एप र सेवाहरू कसरी खरिद गर्न सकिन्छ भन्ने परिवर्तनहरू लागू गर्न १०५ दिन उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

तीन वर्षको लागि बाध्यकारी यो सम्झौताको सर्तहरू अन्तर्गत एप्पलले विकासकर्ताहरूलाई एप स्टोर बाहिर भुक्तानी लिन अनुमति दिनेछ र तेस्रो–पक्ष एप स्टोरहरूलाई पनि अनुमति दिनेछ। ब्राजिलमा अनुसन्धान डिसेम्बर २०२२ मा सुरु भएको हुनाले यो प्रस्ताव वास्तवमा पुग्न धेरै समय लागेको बताइएको छ।

प्रकाशित: १२ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार