शाओमी १७ अल्ट्रा १ इन्चको सेन्सर, २०० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो र ६,८०० एमएएच ब्याट्री सहित अनावरण

  • Technology Khabar | ११ पुष २०८२, शुक्रबार
शाओमी १७ अल्ट्रा १ इन्चको सेन्सर, २०० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो र ६,८०० एमएएच ब्याट्री सहित अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

शाओमी १७ अल्ट्रा अन्ततः चीनमा ब्रान्डको प्रमुख फोनको रूपमा अनावरण गरिएको छ। स्ट्याण्डर्ड मोडेलको साथसाथै, कम्पनीले १७ अल्ट्रा लाइका संस्करणको पनि घोषणा गरेको छ। साथै उक्त १७ अल्ट्रा लाइका संस्करणमा एक अद्वितीय डिजाइन र मेकानिकल जुम रिङ्ग रहेको छ।

शाओमी १७ अल्ट्राः
१७ अल्ट्रामा रहेको लाइका ब्रान्डेड ट्रिपल रियर क्यामरा सेटअपमा एलओएफआईसी प्रविधिको समर्थन सहितको प्राथमिक ५० मेगापिक्सेलको १–इन्च साइजको लाइट फ्युजन १०५०एल सेन्सर छ। यो २०० मेगापिक्सेल सामसङ एचपीई १/१.४–इन्च पेरिस्कोप टेलिफोटो युनिटसँग जोडिएको छ र निरन्तर अप्टिकल जुम प्रदान गर्दछ भने अटोफोकसको साथ ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामरा पनि उपलब्ध छ।

१७ अल्ट्रामा १२०हर्ज सम्मको रिफ्रेस रेट, २६०८ × १२००–पिक्सेल रिजोल्युसन र ३,५००–निट सम्मको पीक ब्राइटनेस भएको फ्ल्याट ६.९–इन्च एम१० एएमओएलईडी एलटीपीओ डिस्प्ले रहेको छ। डिस्प्ले शाओमीको ड्र्यागन क्रिस्टल ग्लास ३.० द्वारा सुरक्षित गरिएको छ। साथै फोनको अगाडि ५०मेगापिक्सेलको सेल्फी क्यामरा र इन–डिस्प्ले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ।

स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीद्वारा संचालित फोनमा १६जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र १टीबी सम्मको यूएफएस ४.१ स्टोरेज समावेश गरिएको छ। फोनले शाओमीको हाइपरओएस ३.० चलाउने र धेरै एआई सुविधाहरू समावेश रहेको बताइएको छ।

शाओमीले १७ अल्ट्रामा ६,८००एमएएच सिलिकन–कार्बन ब्याट्री समावेश गरेको छ। ब्याट्रीले ९०वाट वायर्ड र ५०वाट वायर बिनाको चार्जिङलाई समर्थन गर्दछ भने २२.५वाट वायर्ड रिभर्स चार्जिङलाई पनि समर्थन गर्दछ।

शाओमी १७ अल्ट्राको अन्य स्पेसिफिकेशनहरूमा इन्फ्रारेड सेन्सर, डुअल सिम, हाई–रेजोल्युसन अडियो, स्टेरियो स्पिकर, क्वाड–माइक एरे, आईपी६६/आईपी६८/आईपी६९ रेटिङ, वाई–फाई ७, ब्लुटुथ ६.०, एनएफसी, र स्याटेलाइट कम्युनिकेसन समावेश छन्। शाओमी १७ अल्ट्रा कालो, कूल स्मोक पर्पल, स्टारी ग्रीन र सेतो रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ।

शाओमी १७ अल्ट्रा लाइका संस्करणः
लाइका संस्करणमा स्ट्याण्डर्ड भेरियन्टको जस्तै विशेषताहरू रहेका छन्। तर लाइका संस्करणमा मेकानिकल जुम रिङ सहित केही अतिरिक्त सुविधाहरू उपलब्ध छन्। प्रयोगकर्ताहरूले उक्त मेकानिकल जुम रिङबाट फोकल लम्बाइ, एक्सपोजर र ह्वाइट ब्यालेन्स समायोजन गर्न सक्नेछन्।
शाओमी १७ अल्ट्रा लाइका संस्करणमा लाइका एम–सिरिज क्यामराहरूबाट प्रेरित डुअल–टोन डिजाइन, फ्रेममा नर्लिंग ढाँचा र पछाडि रातो लाइका लोगो रहेको छ।

१७ अल्ट्रा लाइका संस्करणमा ३ः२ आसपेक्ट रेसियोमा विशेष लाइका मोमेन्ट मोड, सुरक्षा र इन्क्रिप्शन चिप र डुअल–स्याटेलाइट सञ्चार पनि समावेश छ। विशेष बक्सको साथ आउने फोनको उक्त बक्समा लेन्स क्याप, डोरी, चुम्बकीय केस र सफा गर्ने कपडा उपलब्ध हुनेछ।

फोन कालो र अफ–ह्वाइट रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ। दुबै भेरियन्टहरू डिसेम्बर २७ देखि चीनमा आधिकारिक शाओमी अनलाइन स्टोर मार्फत बिक्रीको लागि उपलब्ध हुनेछन्।

स्ट्याण्डर्ड शाओमी १७ अल्ट्रा १२जीबी/५१२जीबी विकल्पको मूल्य ६,९९९ चिनियाँ युआन (९९५ अमेरिकी डलर), १६जीबी/५१२जीबी मोडेलको मूल्य ७,४९९ चिनियाँ युआन (१,०६५ अमेरिकी डलर) र १६जीबी/१टीबी भेरियन्टको मूल्य ८,४९९ चिनियाँ युआन (१,२१० अमेरिकी डलर) रहेको छ।

शाओमी १७ अल्ट्रा लाइका संस्करणको १६जीबी/५१२जीबी मोडेलको मूल्य ७,९९९ चिनियाँ युआन (१,१४० अमेरिकी डलर) र १६जीबी/१टीबी विकल्पको मूल्य ८,९९९ चिनियाँ युआन (१,२८० अमेरिकी डलर) राखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार