आईफोन फोल्ड र आउँदै गरेको सामसङ ग्यालेक्सी जेड फोल्डको स्क्रिनहरूबीच तुलना

  • Technology Khabar | ११ पुष २०८२, शुक्रबार
आईफोन फोल्ड र आउँदै गरेको सामसङ ग्यालेक्सी जेड फोल्डको स्क्रिनहरूबीच तुलना
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आइस युनिभर्स भनेर चिनिने प्रचलित टिपस्टरबाट आएको एउटा नयाँ हल्लाले गत हप्ता कथित सीएडी स्किम्याटिक्स मार्फत खुलासा गरिएको आईफोन फोल्डको आयामहरूको खण्डन गरेको छ।

आइस युनिभर्सका अनुसार आईफोन फोल्डको इनर (भित्री) फोल्डिङ स्क्रिन ७.५८ इन्चको हुनेछ र ४ः३ आस्पेक्ट रेसियो हुनेछ भने डिभाइसको बाहिरी कभर (आवरण) डिस्प्ले ५.३५ इन्चको हुनेछ।

सामसङले आईफोन फोल्ड जस्तै आफ्नै वाइड–स्टाइल (चौडा–शैली) फोल्डेबल निर्माण गर्ने हल्ला रहेको छ। सामसङले अहिलेसम्म टल (अग्लो) र न्यारो (साँघुरो) मार्ग रोज्दै आएको छ र एप्पलको ठीक विपरीत दिशामा जाने छनौट कोरियामा बेवास्ता नगरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सामसङको पहिलो वाइड (चौडा) फोल्डेबलमा आईफोनको जस्तै ४ः३ एसपेक्ट रेसियो भएको ७.६ इन्चको इनर (भित्री) फोल्डिङ्ग स्क्रिन र ५.४ इन्चको कभर डिस्प्ले हुने बताइएको छ। त्यसैले सामसङको पहिलो वाइड (चौडा) फोल्डेबल आईफोन फोल्ड भन्दा अलि ठूलो हुनेछ।

प्रकाशित: ११ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...