मंसिरसम्म ९ अर्ब हाराहारीको ३ हजार ७ सय थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
मंसिरसम्म ९ अर्ब हाराहारीको ३ हजार ७ सय थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पाँचौं महिना मंसिर मसान्तसम्म नेपालमा ९ अर्ब हाराहारीको ३ हजार ७ सय ९८ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत, जर्मनी, द. कोरिया, थाइल्याण्ड, अमेरिका र बेलायत गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म७०२१, १७, १४, ६८, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म५१३९०, १७, ८९, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म१,५३९३, ९९, ४९, ८६, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म२९३६९,०५ , ५८, ०००
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म३३१९१, ८१, १५, ०००
कार, जीप र भ्यानबेलायत५१ देखि १०० किलोवाटसम्म४९, ८८, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म३८२१, ०७, ८१, २६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म४, ५५, ५९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म१४५, ५४, १५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानद कोरिया१०१ देखि २०० किलोवाटसम्म१, ५७, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४, ३२, ७८, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म३, ०२, ८४,०००
कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म४८, ४९,०००

 

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार