राप्रपाका नेता ज्ञानेन्द्र शाहीको आरोप- दूरदराजमा मोबाइल नेटवर्क छैन्, सञ्चारमन्त्री ‘फ्रि वाइफाइ’ भन्दै गफ चुट्छन्

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
राप्रपाका नेता ज्ञानेन्द्र शाहीको आरोप- दूरदराजमा मोबाइल नेटवर्क छैन्, सञ्चारमन्त्री ‘फ्रि वाइफाइ’ भन्दै गफ चुट्छन्
तस्विरः ज्ञानेन्द्र शाहीको फेसबुक पेजबाट।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जुम्लालगायत कर्णाली र अन्य दूरदराजमा मोबाइल टावर भएपनि नेटवर्क नआउने समस्या औंल्याउँदै सञ्चारमन्त्रीको आलोचना गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा काठमा राखिएको मोबाइल फोनको तस्विरसहितको स्ट्याट्स लेखेर सञ्चारमन्त्री जगदीश खरेलको आलोचना गरेका हुन्।

‘फ्री वाइफाइ’ को घोषणा गरिएको भएपनि दूरदराजका समस्यामा ध्यान नदिएको भन्दै शाहीले बुधबार सामाजिक सञ्जालमार्फत सञ्चारमन्त्री खरेलको आलोचना गरे।

शाहीले लेखेका छन्, ‘जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन। यता सञ्चारमन्त्री ‘फ्रि वाइफाइ’ भन्दै गफ चुट्छन्। यो समस्या जुम्लाको मात्र होइन, सिङ्गो कर्णाली र दूरदराजको समस्या हो।’

जुनसुकै नयाँ मान्छे र नेतृत्व आए पनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार उस्तै रहेको उनको भनाई छ।

‘त्यसैले भन्छु- सञ्चारमन्त्रीज्यू गफ चुट्ने होइन, टावर बनाइदिएका छौं, नेटवर्क सञ्चालन गरिदिनुहोस्।’ उनले सञ्चारमन्त्रीलाई आग्रह गर्दै लेखेका छन्।

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार