नेपाल टेलिकमले शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
नेपाल टेलिकमले शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले शेयर लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभाको आह्वान गरेको हो।

नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो। यो प्रस्ताव पारितसहितका लागि यहि पुस ३० गते बुधबार राष्ट्रिय सभागृहमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा गर्ने भएको छ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ।

साधारणसभा तथा लाभांश वितरणका लागि पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...