तेस्रो त्रैमासमा विश्वव्यापी क्लाउड पूर्वाधार सेवामा हुने खर्च २५ प्रतिशतले बढ्यो: रिपोर्ट

  • Technology Khabar | ९ पुष २०८२, बुधबार
तेस्रो त्रैमासमा विश्वव्यापी क्लाउड पूर्वाधार सेवामा हुने खर्च २५ प्रतिशतले बढ्यो: रिपोर्ट
सांकेतिक तस्बिर।

काठमाडौं ।

अनुसन्धान संस्था ओम्डियाको अध्ययन अनुसार सन् २०२५ को तेस्रो त्रैमासमा विश्वव्यापी क्लाउड पूर्वाधार सेवामा हुने खर्च १०२.६ अर्ब डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतको वृद्धि हो।

यससँगै, लगातार पाँचौँ त्रैमासिकसम्म क्लाउड पूर्वाधार बजारको वृद्धिदर २० प्रतिशतभन्दा माथि कायम भएको ओम्डिया ले जनाएको छ। संस्थाका अनुसार, यो प्रवृत्तिले “उद्यमहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को माग प्रारम्भिक परीक्षणको चरण पार गर्दै ठूलो स्तरको उत्पादनमा प्रयोग हुने चरणमा प्रवेश गरिरहेको संकेत गर्छ।”

यस वृद्धिबाट सबैभन्दा धेरै फाइदा उठाउने परम्परागत तीन कम्पनी एडब्लूएस, माइक्रोसफ्ट अज्युर र गुगल क्लाउडले अघिल्लो त्रैमासिककै बजार स्थान कायम राखेका छन्। यी तीन कम्पनीले संयुक्त रूपमा विश्वव्यापी क्लाउड पूर्वाधार खर्चको ६६ प्रतिशत हिस्सा ओगटेका छन्। सामूहिक रूपमा हेर्दा, ती तीन कम्पनीको आम्दानी वार्षिक २९ प्रतिशतले वृद्धि भएको छ।

ओम्डियाको प्रतिवेदनअनुसार हाइपरस्केलरहरूको एआई रणनीति अब क्रमिक मोडेल सुधारमा सीमित नरही प्लेटफर्म–केन्द्रित र उत्पादनका लागि तयार दृष्टिकोणतर्फ विकसित हुँदैछ। उद्यमहरूले अब एआई प्लेटफर्म मूल्यांकन गर्दा मोडेल क्षमतामात्र नभई मल्टि–मोडेल रणनीति र एजेन्ट–आधारित एप्लिकेसनहरूलाई समर्थन गर्ने क्षमता लाई पनि प्राथमिकतामा राख्न थालेका छन्।

यस परिवर्तनले हाइपरस्केलरहरूलाई प्लेटफर्म तहमा एआई क्षमताहरू विस्तार गर्न तीव्र बनाइरहेको ओम्डियाको भनाइ छ। एडब्लूएस, माइक्रोसफ्ट अज्युर र गुगल क्लाउडले आफ्नै आधारभूत मोडेलहरूलाई तेस्रो पक्ष र ओपन वेट मोडेलहरूसँग एकीकृत गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

“ओम्डिया मा वरिष्ठ निर्देशक रेचल ब्रिन्डलीका अनुसार, ‘इकोसिस्टमभर सहकार्य अत्यन्तै महत्त्वपूर्ण रहन्छ। उद्यमहरूले स्थायित्व, लागत नियन्त्रण र जेनेरेटिभ एआई कार्यभारमा लचकता खोजिरहेका छन्, जसका कारण मल्टि–मोडेल समर्थन अब एउटा सुविधामात्र नभई उत्पादनको आवश्यक शर्त बन्दै गएको छ।’

प्रतिवेदनले हाइपरस्केलरहरूले एआई एजेन्टद्वारा निर्माण तथा सञ्चालन क्षमतामा लगानी बढाइरहेको पनि उल्लेख गरेको छ। वास्तविक वातावरणमा एआई प्रयोग गर्नु प्रारम्भिक परीक्षणमा अनुमान गरेभन्दा अझ जटिल देखिएको ओम्डिया को निष्कर्ष छ।

ओम्डिया का वरिष्ठ विश्लेषक यी झाङका अनुसार, “धेरै उद्यमहरूसँग व्यवसायिक निरन्तरता, ग्राहक अनुभव र नियामक अनुपालनलाई एकैसाथ समर्थन गर्ने मानकीकृत संरचना अझै छैन, जसले वास्तविक संसारमा एआई एजेन्टको प्रयोग ढिलो गरिरहेको छ।

यहीँबाट हाइपरस्केलरहरू प्लेटफर्म–नेतृत्वित समाधानमार्फत उद्यमहरूलाई उत्पादन वातावरणमा एजेन्ट निर्माण र सञ्चालन गर्न सहज बनाउँदै अघि बढिरहेका छन्।”

यसअघि, ओम्डिया ले सार्वजनिक गरेको अर्को प्रतिवेदनमा सञ्चार सेवा प्रदायक (सीएसपी) हरूमा क्लाउड अपनाउने दर यस वर्ष दोब्बर हुने दावी गरिएको थियो। साथै सन् २०३० सम्म ७.३ प्रतिशतको वार्षिक चक्रवृद्धि दर (सीएजीआर) रहने अनुमान गर्दै टेलिकम क्लाउड बजारको मूल्य २४.८ अर्ब डलर पुग्ने पूर्वानुमान पनि गरिएको छ।

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार