नयाँ ग्यालेक्सी एस२६ सिरिज मार्च महिना अघि उपलब्ध नहुने

  • Technology Khabar | ८ पुष २०८२, मंगलवार
नयाँ ग्यालेक्सी एस२६ सिरिज मार्च महिना अघि उपलब्ध नहुने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

नयाँ सामसङ ग्यालेक्सी एस २६ सिरिज फेब्रुअरी महिनामा प्रस्तुत गरिने अपेक्षा गरिएको छ। तर अब मार्च महिना भन्दा पहिले डिभाइसहरू स्टोरहरूमा उपलब्ध नहुने उल्लेख एक रिपोर्टमा भनिएको छ।

यद्यपि ग्यालेक्सी अनप्याक्ड कार्यक्रम भने फेब्रुअरीको मध्यमा आयोजना हुनसक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

चिनियाँ नयाँ वर्षको समयमा फोन लन्च नगरिने रिपोर्टहरूले संकेत गरेको र कम्पनीले मौसमी बिक्री बढाउने अवसर गुमाउने उल्लेख छ।

सिरिजमा ग्यालेक्सी एस२६, ग्यालेक्सी एस२६ प्लस र ग्यालेक्सी एस२६ अल्ट्रा गरी तीन मोडेलहरू समावेश हुनेछन्। साथै केही बजारहरूमा एक्सिनोस २६०० प्रोसेसर र विश्वव्यापी रूपमा अल्ट्रा मोडेलको लागि स्न्यापड्रागन ८ एलिट जेन ५ समावेश गरिने छ।

डिभाइसहरूमा क्यूआई२ म्यागनेटिक चार्जिङको लागि एकीकृत चुम्बकहरू हुने अपेक्षा गरिएको छ भने अल्ट्राले ६० वाट वायर्ड र २५ वाट वायरलेस चार्जिङ प्रदान गर्नेछ।

प्रकाशित: ८ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार