संखुवासभाको भोटखोलामा नेपाल टेलिकमको फोरजी सेवा

  • Technology Khabar | ७ पुष २०८२, सोमबार
संखुवासभाको भोटखोलामा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं ।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको सिम्बोक्पा डाँडामा नेपाल टेलिकमबाट फोरजी सेवा पुगेको छ।

नेपाल टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बीटीएस) प्रसारण सुरु भएपछि स्थानीयवासी आधुनिक सञ्चार सुविधाबाट लाभान्वित भएका छन्।

नेपाल टेलिकमका खाँदबारीका प्रमुख प्रेम राईले सिम्बोक्पा डाँडामा बस्ने मानिसहरू लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित रहेकाले ४जी सेवा ठूलो उपलब्धि भएको जानकारी दिए।

टेलिकम इन्जिनियर आशिष आचार्य, गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष जिप्पा भोटे, नेपाली सेनाका कर्मचारी र स्थानीयवासीको नेतृत्वमा रहेको प्राविधिक टोलीले टावर स्थापना गरेको हो। दूर्गम र कठिन पहाडी भूगोललाई ध्यान दिई टोलीले टावर जडान गरी ४जी सेवा सुरु गर्न सफल भएको नेपाल टेलिकमले जनाएको छ।

भोटखोला गाउँपालिका-१ को किमाथांका क्षेत्रमा पनि केही दिनमै आधुनिक सञ्चार सेवा उपलब्ध गराइने जानकारी दिइएको छ।

प्रकाशित: ७ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...