मोटोरोलाको फिफा संस्करण रेजर स्मार्टफोन बाहिरियो

  • Technology Khabar | ७ पुष २०८२, सोमबार
मोटोरोलाको फिफा संस्करण रेजर स्मार्टफोन बाहिरियो

काठमाडौं ।

मोटोरोला २०२६ फिफा विश्वकपको आधिकारिक स्मार्टफोन साझेदार हो। क्यानडा, मेक्सिको र अमेरिकाको आयोजनामा २०२६ फिफा विश्वकप जुन ११ देखि सुरु हुँदैछ। यो साझेदारी मनाउन, मोटोरोलाले रेजर स्मार्टफोनको विशेष फिफा संस्करण लन्च गर्ने सम्भावना रहेको छ। मोटोरोलाको यो विशेष फिफा संस्करण रेजरको तस्बिर लीकस्टर इभान ब्लासले साझा गरेका हुन्।

यो फिफा संस्करण रेजर स्मार्टफोनको पछाडिको प्यानलमा मोटोरोलाको आधिकारिक लोगोको तल फिफा विश्वकप २०२६ को लोगो रहेको छ। कभर डिस्प्लेमा माथि–बायाँ कुनामा फ्ल्यासको साथमा दुई ओटा तेर्सो रूपमा पङ्क्तिबद्ध क्यामराहरू समावेश गरिएका छन्।

यो स्मार्टफोनको आधिकारिक मार्केटिङ नाम वा स्पेसिफिकेशनहरू बारे केही पनि थाहा नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ। यद्यपि, यो संस्करण रेजर ६० हुने सम्भावनाको साथ डिभाइसमा स्ट्याण्डर्ड मोडेलबाट केही कस्मेटिक भिन्नताहरू रहेको छन्।

मोटोरोलाले सीईएस २०२६ को समयमा यी मध्ये पाँच फिफा संस्करणका स्मार्टफोनहरू ५०,००० अमेरिकी डलर भन्दा बढी पुरस्कारको स्वीपस्टेक्सको भागको रूपमा प्रदान गर्ने र पुरस्कारमा फिफा विश्वकप २०२६ को यात्राहरू पनि समावेश गरिएको ब्लासले दाबी गरेका छन्।

प्रकाशित: ७ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...