Technology Khabar ७ पुष २०८२, सोमबार
काठमाडौं ।
चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। उक्त स्याटेलाइटलाई बेइजिङ समयअनुसार साँझ ८:३० बजे लङ मार्च–५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो।
प्रक्षेपणपछि स्याटेलाइटले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ। यो स्याटेलाइट मुख्यतः बहु–ब्यान्ड तथा उच्च–गति सञ्चार प्रविधि सम्बन्धी परीक्षण र प्रमाणीकरण कार्यका लागि प्रयोग गरिनेछ। यस प्रक्षेपणसँगै लङ मार्च वाहक रकेट श्रृंखलाले आफ्नो ६१८औँ मिशन पूरा गरेको छ।-रासस
प्रकाशित: ७ पुष २०८२, सोमबार