तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु

Technology Khabar ५ पुष २०८२, शनिबार

काठमाडौं ।

मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि तीन दिने ‘एमबिएमसी आइडियाएक्स–२०२५ ह्याकाथन’ को तेस्रो सुंस्करण सुरु भएको छ ।

सो कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशको समसामयिक समस्या र अवसरसँग सम्बन्धित विषयमा केन्द्रित रही नवीन सोच खोज्ने र समाधानमा आधारित रही उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम सुरु भएको हो ।

यस कार्यक्रममा स्नातक तहका सूचना तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने नवप्रर्तकहरू सहभागी छन् । यसवर्ष पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचाना तथा खुला विषयवस्तुमा प्रतिस्पर्धीहरूलाई मञ्चमा प्रस्तुत गरी प्रतिस्पर्धा गराइने आयोजक मदन भण्डारी मेमोरियल कलेजले जनाएको छ।

कार्यक्रममा सहभागीले आफ्ना नवीन सोचबारे ‘आइडिया’ प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसवर्ष १३८ समूहहरू दर्ता भएकामा प्रस्तुतिका लागि ३२ ओटा समूह छनोट भएको आयोजकले जनाएको छ।

उत्कृष्ट आइडियाहरूलाई पुरस्कार, मार्गदशन तथा सहकार्यका लागि आवश्यक संस्थाहरूसँग समन्वय गरिने क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: ५ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया