अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

  • Technology Khabar | ४ पुष २०८२, शुक्रबार
अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

काठमाडौं ।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि हुने भएको छ।

नवीकरण र कर सङ्कलन गर्दै आएको कार्यालयले परीक्षा सञ्चालन तयारी थालेको छ। परीक्षा सञ्चालन प्रक्रिया अघि बढाएको कार्यालयका प्रमुख चेतनाथ भट्टराईले जानकारी दिए। पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने तयारीस्वरूप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको छ। उक्त प्रस्ताव पास भएपछि परीक्षा सञ्चालन हुने प्रमुख भट्टराईले जानकारी दिए।

उनले भने, “बालाजु कार्यालयलाई लाइसेन्ससम्बन्धी पूर्ण सेवा दिने गरी काम अगाडि बढाइएको छ। ट्रायल सेन्टर छनोट प्रक्रिया अगाडि बढेको छ। अब छिट्टै सेवा सुरु गर्ने योजनामा छौं।”

कार्यालयले वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर र मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस र मिनिट्रक) र वर्ग ग (ट्रक, बस र लरी) का लागि परीक्षा लिने छ।

ट्रायल सेन्टरमा एकै पटक १०० जना परीक्षार्थी सहभागी भई लिखित परीक्षा सञ्चालन गर्न सक्ने हल, दुई र चारपाङ्ग्रे ठूला सवारीको ट्रायल एकै कम्पाउन्डबाट सञ्चालन गरिने भएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ४ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...