कोरियामा फेरि सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड सोल्ड आउट भयो

Technology Khabar ४ पुष २०८२, शुक्रबार

कोरियामा फेरि सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड सोल्ड आउट भयो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

नयाँ उत्पादन माग गरिएको भन्दा धेरै कम आपूर्ति गर्नु नयाँ उत्पादनको बारेमा प्रचार गर्ने एउटा तरिका हो भने त्यसपछि सबै “सोल्ड आउट” (बिक्री भइसकेको) हेडलाइनहरू देखा पर्नु प्रचार गर्ने अर्को उपाय हो। कोरियामा सामसङले ग्यालेक्सी जेड ट्राइफोल्डको साथ यस्तै गरिरहेको देखिएको छ र यो डिभाइस केही दिन अघि बिक्रीमा जाँदा पहिलो पटकमा नै केही मिनेटमा नै “सोल्ड आउट” (सबै बिक्री भएको) थियो।

कम्पनीले त्यसपछि यस हप्ताको लागि पुनः स्टक गर्ने वाचा गरेको थियो। दोस्रो पटक बिक्रीको लागि उपलब्ध गराइएको यो डिभाइस फेरि पनि दुई मिनेटमा नै “सोल्ड आउट” (सबै बिक्री) भएको छ। पहिलो पटक बिक्री भएको प्रारम्भिक स्टक १,००० एकाइ थियो र बुधबारको बिक्रीसहित कुल “प्रारम्भिक बिक्री मात्रा” ३,००० रहेको तथ्य रिपोर्टहरूले खुलासा गरेका छन्।

लगभग ५ करोड मानिसहरू भएको देशमा, ३,००० एकाइहरू हास्यास्पद रूपमा सानो मात्रा भएको थप उल्लेख गरिएको छ। डिभाइसको धेरै एकाइ तयार नभएसम्म पर्खिएर त्यसपछि मात्र बिक्रीमा राख्ने वा डिभाइसलाई जसरी पनि बिक्रीमा राख्ने र त्यसपछि लगभग तुरुन्तै धेरै पटक बिक्री गर्दै यो डिभाइस ‘हट केक जस्तै बिक्री भइरहेको छ’ भन्ने भावना सिर्जना गर्ने जस्ता सामसङसँग दुईओटा विकल्प रहेको बताइएको छ। सामसङ कुन बाटोमा गयो भन्ने कुरा स्पष्ट भएको जीएसएमएरिनाले रिपोर्ट गरेका छ।

ग्यालेक्सी जेड ट्राइफोल्ड आगामी हप्ताहरूमा अमेरिका, युएई, सिंगापुर, चीन र ताइवानमा पुग्ने अपेक्षा गरिएको छ। यदि यो डिभाइस कोरियामा जस्तै उक्त ठाँउहरुमा पनि बिक्री भएको खण्डमा भने अचम्म नमान्नको लागि जीएसएमएरिनाले आग्रह गरेको छ।

प्रकाशित: ४ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया