Technology Khabar ३ पुष २०८२, बिहीबार
काठमाडौं ।
यो महिनाको सुरुमा लीक भएको र कोडनेम उरुस रहेको मोटोरोला एज ७० अल्ट्रा अब मोटोरोला सिग्नेचरको रूपमा लन्च हुने भनिएको छ। अघिल्लो लीकले स्मार्टफोनको डिजाइन बारे पहिले नै खुलासा गरिसकेको छ र अब मोटोरोला सिग्नेचरको अन्तिम आधिकारिक प्रेस रेन्डरहरू देखा परेका छन्।
मोटोरोला सिग्नेचरलाई दुई रङहरूमा देखाउने यी रेन्डरहरू विश्वसनीय लीकस्टर इभान ब्लासद्वारा साझा गरिएको थियो। डिभाइसहरु कार्बन र मार्टिनी ओलिभ गरी दुई रङ्ग विकल्पमा प्रस्तुत गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
मोटोरोला सिग्नेचरको अगाडि पञ्च–होल डिस्प्ले र पछाडि स्क्वायरिकल आकारको क्यामरा आइल्याण्ड रहेको छ। डिभाइसमा फ्ल्यास र पेरिस्कोप टेलिफोटो युनिट सहित तीन क्यामराहरू समावेश गरिएका छन्। फ्ल्याशको वरिपरि रहेको शब्दहरुले केही क्यामरा स्पेक्स र डल्बी भिजन समर्थनको खुलासा गर्दछ।
पहिले एज ७० अल्ट्रा भनेर चिनिने मोटोरोला सिग्नेचरमा स्न्यापड्रागन ८ जेन ५ एसओसी, १६ जीबी र्याम, एन्ड्रोइड १६ र ६.७ इन्चको १२० हर्ज १.५ के रिजोल्युसन ओएलईडी स्क्रिन हुने अपेक्षा गरिएको छ। डिभाइसको पछाडिका क्यामराहरूमा ५० मेगापिक्सेल सेन्सरहरू प्रयोग गर्ने हल्ला छ। आगामी हप्ताहरूमा मोटोरोला सिग्नेचरको बारेमा थप विवरणहरु बाहिरिने छ।
प्रकाशित: ३ पुष २०८२, बिहीबार