क्यान्सर अस्पताललाई चीनद्वारा विद्युतीय सवारीसाधन सहयोग

  • Technology Khabar | २ पुष २०८२, बुधबार
क्यान्सर अस्पताललाई चीनद्वारा विद्युतीय सवारीसाधन सहयोग

काठमाडौं ।

यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ।

मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन्।

चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो।

चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन्।

प्रकाशित: २ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार