टेलिनेट प्रालि सेल्सफोर्सको लागि आधिकारीक नेपाली स्थानीय साझेदार

Technology Khabar २ पुष २०८२, बुधबार

काठमाडौं ।

रमेश कर्प समूह अन्तर्गतको टेलिनेट प्रा.लि. ले विश्वकै अग्रणी सफ्टवेयर कम्पनी सेल्सफोर्ससँगको सहकार्यमार्फत नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तिव्र बनाउने भएको छ। सेल्सफोर्स विशेषरुपमा  कस्टमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) सफ्टवेयरका लागि विश्वभर परिचित छ।

यस साझेदारीले नेपाली व्यवसाय संचालनको तरिकालाई आधुनिक बनाउँदै, विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउने छ। अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई अझ प्रभावकारी बनाउन सक्नेछन्।

टेलिनेट प्रा.लि. स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ, यस साझेदारीको माध्यमबाट नेपालका कम्पनीहरूले सेल्सफोर्सका सबै प्रमुख टुलहरू सजिलै अपनाउन सक्नेछन्।

टेलिनेटले नेपालमै सेल्सफोर्सको सपोर्ट र इम्प्लिमेन्टेशन पार्टनरको रूपमा काम गर्नेछ, जसले व्यवसायहरूलाई Agentforce Sales, Slack, र Tableau जस्ता सेवाहरू उपयोग गर्न थप सजिलो बनाउने उल्लेख छ।

सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले भने, “टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ। एजेण्टिक क्रान्तिका बीच नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका छन्, र हामी यस रुपान्तरणलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न मद्दत गर्न प्रतिवद्ध छौँ ।”

टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूदले भने, “बर्षौंदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग नेपाली व्यवसायका लागि चुनौती थियो। अब यो चुनौती अन्त्य हुँदैछ। टेलिनेट अब नेपालमा सेल्सफोर्सको अग्रमोर्चा हो-विशेषज्ञ स्थानीय परामर्श, समर्पित प्रशिक्षण, र पूर्ण रूपमा अनुकूलित समाधान उपलब्ध गराउँदै एआईमा आधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी नेपाली व्यवसायहरूको चुनौती समाधान र ठूलो मात्रामा वृद्धिका लागि आवश्यक सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ।”

सेल्सफोर्स र टेलिनेटले प्रारम्भिक चरणमा प्रमुख आर्थिक क्षेत्रमा लक्षित परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्दै द्रुत, प्रभावकारी अपनत्व र मापनयोग्य व्यवसायिक परिणाम सुनिश्चित गर्ने जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया