गुगल म्याप्सको एक हिस्सा वेजले अब ट्राफिक लाइटहरू पनि देखाउने

  • Technology Khabar | २ पुष २०८२, बुधबार
गुगल म्याप्सको एक हिस्सा वेजले अब ट्राफिक लाइटहरू पनि देखाउने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

वेजमा सबैभन्दा धेरै अनुरोध गरिएको सुविधाहरू मध्ये एक आउने भएको छ। वेजमा अब ट्राफिक लाइटहरू देखिने भएको छ। वर्षौंदेखि गुगल म्याप्सको एक हिस्सा रहेको वेजमा गुगलको पनि स्वामित्व रहेको छ। तर कुनै कारणले वेजलाई ट्राफिक लाइटहरू एकीकृत गर्न निकै समय लागेको उल्लेख गरिएको छ।

अहिलेको लागि यो सीमित रिलीज भएको र वेजले इजरायलमा ट्राफिक लाइट प्रदर्शन सुविधाको परीक्षण गरिरहेको छ। यो सुविधा प्रारम्भिक चरणमा रहेको बताइएको छ। चाखलाग्दो कुरा के छ भने, वेजले नेभिगेसन मोडमा हुँदा तपाईंलाई अधिकतम तीनओटा ट्राफिक लाइटहरू मात्र देखाउनेछ। वेजले नेभिगेसन मोडमा हुँदा अधिकतम तीनओटा ट्राफिक लाइटहरू मात्र देखाउनु कारण भने सम्भवतः यूआईलाई धेरै अव्यवस्थित देखिनबाट रोक्नको लागि हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यदि तपाईंले नेभिगेसन मोड बिना नै एप प्रयोग गर्नुभयो भने, तपाईंले आफ्नो वरपरका सबै ट्राफिक लाइटहरू देख्नुहुनेछ भनि वेजले बताएको छ। वेजमा यो सुविधा विश्वव्यापी रुपमा सबैको लागि कहिले रोल आउट हुनेछ भन्ने बारेमा स्पष्टता छ नभएको र यो सुविधा अन्ततः परीक्षण चरणमा रहेको हुनाले पर्खाइ भने धेरै लामो नहुने उल्लेख गरिएको छ।

प्रकाशित: २ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...