शाओमीले १०,००० एमएएच ब्याट्री भएको एकदमै पातलो फोनमा काम गर्दै

Technology Khabar २ पुष २०८२, बुधबार

शाओमीले १०,००० एमएएच ब्याट्री भएको एकदमै पातलो फोनमा काम गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

शाओमीले यो महिनाको अन्त्यसम्ममा धेरै डिभाइसहरू लन्च गर्ने हल्ला चलिरहेको छ। उक्त डिभाइसहरूमा रेडमी टर्बो ५ प्रो पनि समावेश रहेको छ र फोनमा ९,००० एमएएच ब्याट्री भएको अनुमान गरिएको छ।

तर कम्पनी थप ब्याट्री क्षमताको लागि काम गरिरहेको बताइएको छ। नयाँ हल्ला अनुसार, अर्को वर्ष शाओमीले १०,००० एमएएच ब्याट्री भएको फोन रिलिज गर्नेछ। उक्त ब्याट्रीले १००वाट वायर्ड चार्जिङ र धेरै छिटो वायरलेस चार्जिङलाई पनि समर्थन गर्नेछ।

विशाल ब्याट्रीको साथ फोनको मोटाई ८.५ एमएम भन्दा कम हुनेछ र यो आफैंमा एक ठूलो उपलब्धि हुने बताइएको छ। अनरले पनि विन सिरिजमा १०,००० एमएएच ब्याट्री र १००वाट वायर्ड चार्जिङ भएको ह्यान्डसेट प्रस्तुत गर्ने भएको छ।

शाओमीको हकमा, यो डिभाइस शाओमी ब्रान्डेड हुनेछ वा रेडमी वा पोको हुनेछ भन्ने कुरा अझै स्पष्ट नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया