गुगलले आईफोन र आईप्याडको लागि क्रोममा ल्यायो जेमिनी

  • Technology Khabar | १ पुष २०८२, मंगलवार
गुगलले आईफोन र आईप्याडको लागि क्रोममा ल्यायो जेमिनी

काठमाडौं ।

सेप्टेम्बरमा गुगलले आफ्नो क्रोम ब्राउजरमा जेमिनी एआई प्रस्तुत गर्दा, कम्पनीले एप्पल मोबाइल डिभाइसहरूमा यो सुविधा पछिको मितिमा लन्च गर्ने घोषणा गरेको थियो।

गुगलले अब आईओएस र आईप्याडओएसको लागि पछिल्लो क्रोम अपडेटमा जेमिनी एकीकरण समावेश गरेको र हाल केही केही प्रयोगकर्ताहरूको लागि उपलब्ध गराएको छ।

गुगलले आईफोन र आईप्याडको लागि क्रोममा जेमिनी एआई एकीकरण लन्च गर्ने भएको छ।

यो सुविधाले प्रयोगकर्तालाई आफ्नो ब्राउजरमा पृष्ठहरूसँग अन्तक्र्रिया गर्न च्याटबट प्रयोग गर्न अनुमति दिन्छ।

तर आईप्याड र आईफोनमा क्रोममा जेमिनी हाल अमेरिकाका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...