आउडीले ओप्पोसँग पेटेन्ट लाइसेन्स सम्झौतामा हस्ताक्षर गर्यो

  • Technology Khabar | २९ मंसिर २०८२, सोमबार
आउडीले ओप्पोसँग पेटेन्ट लाइसेन्स सम्झौतामा हस्ताक्षर गर्यो
फोटो सौजन्यः एरिनाईभी

काठमाडौं ।

ओप्पोका प्रमुख उत्पादन अधिकारी पीट लाउले उनको कम्पनी आउडीसँग विश्वव्यापी लाइसेन्स सम्झौतामा पुगेको घोषणा गरेका छन्।

आउडीले अब आवश्यक फाइभजी प्रविधिलाई समेट्ने ओप्पोको पेटेन्टहरू प्रयोग गर्न सक्छ। लाउले एक्समार्फत आफ्नो पोस्टमा सम्झौताको घोषणा गर्दै “वायरलेस नवप्रवर्तन र अटोमोटिभ उत्कृष्टतालाई एकसाथ ल्याउने, स्मार्ट ड्राइभिङ अनुभवको लागि कनेक्टिभिटी बढाउने” उल्लेख गरे।

आउडीले अब ओप्पोलाई आवश्यक फाइभजी पेटेन्टहरूको लागि भुक्तानी गर्नेछ र फलस्वरूप आउडीले आफ्ना कारहरूमा ओप्पोको पेटेन्ट गरिएको प्रविधि प्रयोग गर्न सक्ने एरिनाईभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Communications Minister Timilsina assumes office, emphasizes on team work

  • Technology Khabar
  • २९ मंसिर २०८२, सोमबार