Technology Khabar २८ मंसिर २०८२, आईतवार
काठमाडौं ।
गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स सुविधा एआई मोडलाई सिधै क्रोम ब्राउजरमा एकीकृत गर्न काम गरिरहेको छ।
यो सुविधाले प्रयोगकर्ताहरूलाई छुट्टै गुगल सर्च पेजमा रिडिरेक्ट नगरी एआई टुल्सहरूमा थप प्रत्यक्ष पहुँच गर्न सक्षम बनाउनेछ।
यो सुविधा हाल प्रयोगात्मक क्रोम क्यानरी संस्करणमा परीक्षण चरणमा रहेको छ र यो सबै प्रयोगकर्ताहरूको लागि कहिले उपलब्ध हुनेछ भन्ने कुरा अझै थाहा छैन।
यो उन्नत संस्करणमा एआई मोडलाई क्रोम भित्रै chrome://contextual-tasks ठेगाना अन्तर्गत खोल्न सकिनेछ र मीट एआई मोड शीर्षकको इन्टरफेस र “आस्क एनिथिङ” जस्ता प्रश्नहरू लेख्नको लागि क्षेत्र प्रदान गर्नेछ।
प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स टुल्स प्रयोग गर्न विशेष वेब खोज पृष्ठमा रिडिरेक्ट गरिने गरिएको पुरानो तरिका भन्दा हालको यो सुविधा फरक छ।
नयाँ संस्करणले तपाईंलाई पहिले जस्तै तिनीहरूको यूआरएलहरू कपि र पेस्ट गर्न नपर्ने गरी हाल रहेका पृष्ठहरूको बारेमा जवाफहरू प्राप्त गर्न मद्दत गर्न सक्ने बताइएको छ। यद्यपि, यी सुविधाहरू अझै पनि प्रयोगात्मक छन् र नियमित प्रयोगकर्ताहरूलाई जारी गर्नु अघि विकसित हुने अपेक्षा गरिएको छ।
क्रोम भित्र एआई मोड समावेश गर्नाले ब्राउजिङ गर्दा थप कन्सिस्टेण्ट र शक्तिशाली खोज र आर्टिफिसियल इन्टेलिजेन्स अनुभव ल्याउन सक्छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ मंसिर २०८२, आईतवार