दिपल एस०५ ले पायो यूरो एनक्यापमा ५ स्टार रेटिङ

Technology Khabar २७ मंसिर २०८२, शनिबार

काठमाडौं ।

दिपलको पर्फेक्ट एसयूभी दिपल एस०५ ले यो वर्षको यूरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ।

स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको कम्पनीले जनाएको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशिल सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ। यी नतिजाले दिपल एस०५ लाई नविनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रुपमा आफूलाई उभ्याएको छ।

यूरो एनक्याप रेटिङले दिपल एस०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ। नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो। नाडा अटो सो २०२५ मा सो स्टपरका रुपमा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो।

यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयूडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विनको पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन्। यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको इभी ब्याट्री हो जसले ५ हजारभन्दा बढी चार्जिंग साइकल प्रदान गर्छ।

५ स्टार यूरो एनक्याप रेटिङले विश्वस्तरीय परीक्षण पार गरेर, प्रविधिमैत्री तथा प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने दिपलको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको ठहर छ।

प्रकाशित: २७ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया