त्रिभुवन विश्वविद्यालयमा एरोकनेक्शनद्वारा ओरिएन्टेशन कार्यक्रम सम्पन्न

Technology Khabar २७ मंसिर २०८२, शनिबार

काठमाडौं ।

संयुक्त अरब इमिरेट्समा आधारित एभिएसन माटेरियल समाधानका अग्रणी कम्पनी एरोकनेक्शनले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरूलाई लक्षित गरी एभिएसन अफ्टरमार्केट ओरिएन्टेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान दिलाउने र विश्वव्यापी अवसरहरूबारे बुझाउन उद्देश्य राखिएको थियो।
कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो, जसले यसलाई अत्यन्तै प्रभावकारी र सहभागितामूलक बनायो।

यस कार्यक्रमको सफल सञ्चालनमा त्रिभुवन विश्वविद्यालयका यान्त्रिक तथा एरोनॉटिकल इन्जिनियरिङ विभाग प्रमुख डा. सुधिप भट्टराईको सहयोग र समन्वय महत्वपूर्ण रहेको थियो।

अभिमुखीकरण सत्रहरू एरोकनेक्शनका टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह तथा बिजनेस म्यानेजर मेरिन पलद्वारा सञ्चालन गरिएका थिए।

प्रस्तुतिहरूमा उद्योगको सञ्चालन विधि, बजार प्रवृत्ति तथा करियरका सम्भावनाहरूका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। अन्त्यमा भएको अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रमा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाई सोचनीय प्रश्नहरू राखेका थिए।

एरोकनेक्शनका संस्थापक तथा सीईओ मनोज जोनले यस सफल क्याम्पस इनिसियटिभप्रति खुशी व्यक्त गर्दै विश्वविद्यालय व्यवस्थापन तथा विद्यार्थीहरूको सहभागिताको प्रशंसा गर्दै भने, “एक आफ्टरमार्केट समाधान प्रदायकका रूपमा, यस्ता कार्यक्रमहरूले एभिएसन र एरोस्पेस उद्योगभित्र लुकेका अवसरहरूबारे नयाँ पुस्तालाई जानकार बनाउन मद्दत गर्छन्।”

उनले एरोकनेक्शनटीमलाई पनि यस्तो व्यापक र प्रभावकारी सत्र सञ्चालन गरेकोमा बधाई दिँदै यसले नयाँ प्रतिभाहरूका लागि मार्ग प्रशस्त गर्न सक्ने बताए।

कार्यक्रमको समन्वय एरोकनेक्शनका टोली सदस्य आदिति खनाल र बिक्की दुवाल द्वारा गरियो, जसको योगदानले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

सन् २०१९ मा स्थापित एरोकनेक्शनले व्यावसायिक, व्यवसायिक तथा सामान्य उड्डयनका लागि (रोटरी र फिक्स्ड–विङ) विमानका स्पेयर पाट्र्स र कन्ज्युमेबल सप्लाइज, रिपेयर म्यानेजमेन्ट, ग्राउन्ड सपोर्ट इक्विपमेन्ट (जीएसई) लगायतका सेवाहरू प्रदान गर्छ। कम्पनीको मुख्यालय संयुक्त अरब इमिरेट्समा रहेको छ भने आधुनिक सेल्स अपरेशन्स कन्टोल सेन्टर भारतमा अवस्थित छ।

एरोकनेक्शनको क्वालिटी म्यानेजमेन्ट सिस्टम एफएए एसी ००–५६बी अनुसार एएसए–१०० बाट प्रमाणित छ। संस्था आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो, नेशनल बिजनेस एभियशन असोसियशन (एनबीएए) को सदस्य तथा एभियशन सप्लायर असोसियशन को स्थायी सदस्य पनि हो।

प्रकाशित: २७ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया