Technology Khabar २५ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
कर्णाली प्रदेश अन्तर्गतका १० वटै सामाजिक विकास कार्यालयमध्ये हुम्ला जिल्ला पहिलो प्रविधिमैत्री भएको छ। नयाँ सुविधासम्पन्न भवनका साथै नयाँ आधुनिक प्रविधि जडान गरेर कार्य सञ्चालन गरिएपछि सामाजिक विकास कार्यालय हुम्ला प्रविधिमैत्री भएको हो।
बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर नयाँ निर्माण गरिएको भाडाको भवनमा सामाजिक विकास कार्यालयमा प्रविधि जडान गरी प्रविधिमैत्री बनाइएको कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताए।
पहिलो चरण अन्तर्गत सिसिटिभी क्यामरा जडान, डिजिटल सूचना बोर्ड र इहाजिरी एकसाथ जडान गरेर सञ्चालनमा ल्याइएको जानकारी उनले दिए। कर्णाली प्रदेशका अन्य नौ जिल्लामा हुन नसकेको कार्यालयमा प्रविधि जडान कार्य हिमाली जिल्ला हुम्लामा सम्भव भएको उनले दावी गरे।
आजको गोरखापत्रबाट
प्रकाशित: २५ मंसिर २०८२, बिहीबार