युनिट्री रोबोटिक्सले प्रस्तुत गर्यो नयाँ ह्युमनोइड रोबोट

  • Technology Khabar | २५ मंसिर २०८२, बिहीबार
युनिट्री रोबोटिक्सले प्रस्तुत गर्यो नयाँ ह्युमनोइड रोबोट

काठमाडौं ।

युनिट्री रोबोटिक्सले आफ्नो सबैभन्दा नयाँ ह्युमनोइड रोबोट, युनिट्री एच२ प्रस्तुत गरेको छ। नयाँ युनिट्री एच२ ह्युमनोइड रोबोटले आधारभूत रोबोटिक्सलाई नृत्य र मार्शल आर्टको संसारको चालहरूसँग जोडेको बताइएको छ।

एच२ को उचाइ लगभग १८० सेन्टिमिटर र तौल लगभग ७० किलोग्राम रहेको हुनाले नयाँ ह्युमनोइड रोबोट लगभग मानव जस्तै अनुपात भएको बताइएको छ।

एच२ को निर्माण स्थायित्व र गतिशीलता सन्तुलन गर्दै एभिएसन–ग्रेड एल्युमिनियम, टाइटेनियम र रिइन्फोस्र्ड प्लास्टिकबाट बनेको बताइएको छ।

रोबोटमा कुल ३१ डिग्री फ्रिडम (डीओएफ) रहेको छ भने एच२ को खुट्टा, हात, शरीर र टाउकोमा जोर्नीहरू रहेको हुनालले जटिल र तरल चालहरूको लागि अनुमति दिने बताइएको छ।

मोटरहरूको शक्तिले शक्तिशाली प्रहारहरूलाई सक्षम बनाएको उल्लेख गरिएको छ भने नाडी जोर्नीहरूमा १२० एनम सम्मको टर्क रहेको छ भने खुट्टाको जोर्नीहरूमा ३६० एनम सम्म हुने उल्लेख गरिएको छ। साथै यिनीहरुले स्थिरता र लडाई चालहरूको लागि अनुमति दिने उल्लेख गरिएको छ।

भिडियो प्रस्तुतीकरणमा, एच२ ले बक्सिङ वा किकबक्सिङ जस्तै देखिने जम्पिङ फिगर्स, पिरोएट्स र पञ्चहरू जस्तो सन्तुलित चालहरू प्रदर्शन गरेको छ।

भिडियोमा देखाइएका फुटेजहरूमा नृत्य कोरियोग्राफी र किकहरू देख्न सकिने छन्। साथै भिडियोले एच२ लाई केवल रोबोट खेलौनाको रूपमा मात्र नभइ सम्भावनाहरूको विस्तृत दायरा भएको रोबोटिक प्लेटफर्मको रूपमा देखाएको उल्लेख गरिएको छ।

एच२ नाच्न र लात हान्न सक्ने भए तापनि यो ह्युमनोइड रोबोटको सम्भावित प्रयोग मनोरञ्जनमा नभएर ह्युमनोइड रोबोटहरूको सम्भावनाहरू अन्वेषण गर्नुमा भएको र कारखानाहरूमा, वैज्ञानिक अनुसन्धानमा वा अन्ततः मानिसहरूसँगको सहकार्यमा प्रयोग गर्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...