Technology Khabar २५ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले तेस्रो त्रैमासिकमा विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सूचीमा प्रभुत्व जमाएको भए तापनि नयाँ आईफोन १७ मोडेलहरूले क्युपर्टिनोको नेतृत्वमा मद्दत नगरेको बताइएको छ।
काउन्टरपोइन्ट रिसर्चका अनुसार, तेस्रो त्रैमासिकमा आईफोन १६ विश्वको सबैभन्दा धेरै बिक्री हुने फोन बनेको र उक्त अवधिको लागि सबै ढुवानीको ४ प्रतिशत हिस्सा ओगटेको उल्लेख गरिएको छ।
आईफोन १६ विशेष गरी भारतमा उत्सव प्रचारको समयमा राम्रो बिक्री भएको र जापानमा केही सुधार पनि देखाएको रिपोर्ट गरिएको छ।
केवल भेनिला आईफोन १६ मात्र नभएर आईफोन १६ प्रो, १६ प्रो म्याक्स र आईफोन १६इ ले सबैभन्दा धेरै बिक्री हुने सूचीमा दोस्रो, तेस्रो र चौथो स्थान ओगटेको उल्लेख गरिएको छ। गत वर्ष आईफोन १५, १५ प्रो र प्रो म्याक्सले शीर्ष तीन स्थान ओगटेका थिए।
सामसङ आफ्नो एन्ट्री–लेभल ग्यालेक्सी ए१६ फाइभजी र ग्यालेक्सी ए०६ क्रमशः पाँचौं र छैटौं स्थानको साथ शीर्ष दसमा भित्र पर्ने एक मात्र ब्राण्ड बनेको बताइएको छ। त्यसपछि मिडरेन्ज ग्यालेक्सी ए३६ र ग्यालेक्सी ए५६ सातौं र आठौं स्थानमा रहेको बताइएको छ।
त्यसैगरी ग्यालेक्सी ए१६ नवौं स्थानमा रआईफोन १७ प्रो म्याक्सले सीमित उपलब्धताको बावजुद शीर्ष दस सूचीलाई पूर्णता दिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ मंसिर २०८२, बिहीबार