साइबर अपराध र अनलाइन ठगी रोक्न अष्ट्रेलियाको नयाँ नीति

  • Technology Khabar | २५ मंसिर २०८२, बिहीबार
साइबर अपराध र अनलाइन ठगी रोक्न अष्ट्रेलियाको नयाँ नीति

काठमाडौं ।

अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्। प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताए।

यो नियम बुधबारदेखि लागू हुँदैछ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ। हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ।

प्रधानमन्त्रीले भन्नुभयो,“आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो।”

यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन्। जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ। नियम बारम्बार नमान्ने कम्पनीलाई ठूलो जरिवाना लाग्नेछ। सरकारले उमेर पत्ता लगाउने प्रविधि पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्ने बताएको छ।-रासस/सिन्ह्वा

प्रकाशित: २५ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार