Technology Khabar २४ मंसिर २०८२, बुधबार
काठमाडौं ।
ओप्पोले चीनमा नयाँ मिडरेन्जर लन्च गरेको छ र डिभाइसले ब्रान्डका केही अन्य मोडेलहरूमा परिचित लुक्स र स्पेसिफिकेशनहरूको सेट प्रस्तुत गरेको छ।
ओप्पो ए६एल अगस्टमा चीनमा लन्च गरिएको ओप्पो ए६ म्याक्स को रिब्रान्ड संस्करण हो। ओप्पो ए६एलमा विशाल ७,००० एमएएच सिलिकन कार्बाइड ब्याट्री, ६.८–इन्च एएमओएलईडी (एफएचडी+ १२०हर्ज), क्वालकमको स्न्यापड्रागन ७ जेने ३ र ५० मेगापिक्सेल मुख्य क्यामरासहितका उही कोर स्पेसिफिकेशनहरू समावेश रहेको बताइएको छ।
ए६ म्याक्स जस्तै ओप्पो ए६एल आईपी६८/आईपी६९ पानी र धुलो प्रतिरोधी रहेको र कलरओएस १५ माथि एन्ड्रोइड १५ बुट गर्दछ। ओप्पो ए६ म्याक्स र ए६एलमा देख्न सक्ने एक मात्र भिन्नता भनेको ए६एल हाल १२जीबी र्याम र २५६जीबी स्टोरेजको साथ सिङ्गल ट्रिममा उपलब्ध हुनेछ।
सेतो, नीलो र गुलाबी रङ्गहरूमा उपलब्ध हुने ओप्पो ए६एल १,७९९ चिनियाँ युआन (२५५ अमेरिकी डलर) मा खुद्रा बिक्री हुने बताइएको छ। यो डिभाइस हाल चीनमा मात्र अनलाइन खुद्रा विक्रेताहरूबाट उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ मंसिर २०८२, बुधबार